Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सौन्दर्य गुमाउँदै तीज गीत

\"teej\"बागलुङ, ६ भदौ । ‘आँगनीमाथि सिंवाली लाग्यो, वरिलै कदमको छायाँले सातै र समुन्द्र मै तरी आएँ, वरिलै बाबाको मायाले’– हरिदेवी कोइराला ९२०४५० ‘जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन उखरमौलो वैँश छोप्ने चीजै भएन जवानीले पा¥यो नि पिरलो तीज आएनि पिरलो, नआएनि पिरलो चोरी खान पल्केको ढाडे बिरालो’ – श्रीदेवी देवकोटा/प्रकाश कटुवाल९२०७२० साडी र चोलो नलगाउन सानु, जवानी छेकिन्छ छोटो–छाटो मिनिस्कट लाउँदा क्या ‘सेक्सी’ देखिन्छ छोरो कारैमा सरर।।।– प्रवीण थापा÷टका पुन९२०७३० यी विपरीत भावका रचनाले तीज गीतमा आएको बदलावलाई ‘पटाक्षेप’ मात्र गर्दैन, तीज गीतको सौन्दर्य ‘ध्वस्त’ हुँदै गएको प्रमाण पनि दिन्छ । ऐतिहासिक पर्व गीतको उपमा पाएको तीज गीत आज रोधीघरको ‘झाम्रे’जस्तो पनि नभएर अश्लील दोहोरीमा फेरिन पुगेको छ । पछिल्ला समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदा ढाडे बिरालो, छोटो ‘मिनिस्कट’ जस्ता रचनाले बजारमा प्रवेश पाएका छन् । तीजको मौसमी सङ्गीत बजारमा यस्तै कलाहीन र ‘‘उट्पट्याङ’ गीतले वर्चश्व जमाउन थालेका छन् । कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झँै, तीजको मर्म र सौन्दर्य पक्डेका गीत नबनेका होइनन् । न्यून सङ्ख्याका त्यस्ता गीतको हस्तक्षेप कम छ । २०७२ सालको तीजमा आएको ‘ढाडे बिरालो’ सर्वाधिक आलोचित मात्रै बनेन, समाजले अस्वीकृत गर्ने अवस्थामा समेत पुग्यो । उस्तै आभास दिने गरी यो वर्ष ‘छोटो मिनिस्कट’ र यस्तै अन्य गीत बजारमा छन् । तीजको मूल मर्मबाट बाहिरिएर तयार पारिएका यस्ता गीतले तीज गीतको मौलिकता र परम्परागत सौन्दर्यलाई कुरुप बनाइदिएका छन् । तीन वर्षअघि २०७० सालमा गायक तेजश रेग्मी र शिलु भट्टराईले त्यस्तै तीज गीत निकालेका थिए । ‘ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कित बुढो त्याग, कान्छी कित मलाई बिर्स’ उल्लिखित गीत पनि चर्चामा त रह्यो । तर त्यसले पनि तीज गीतको गरिमा समातेन । पर्व गीतका रुपमा चिनिने तीज गीत मूल चरित्र र प्रवृत्तिबाट विमुख र छताछुल्ल भएको छ । हरिदेवी कोइरालाहरु अचेल छायाँमा छन् – ‘नेपालबाट दाजैले शीरफूल कमाई पठाए, किन दिन्थिन् भाउजूले राखिन् आफँले ।’ अब के, यस्ता रचनाको युग सकिएकै हो त ? यो, प्रश्नमा वरिष्ठ लोकगायिका हरिदेवीको मत यस्तो छ – “विगत ७÷८ वर्षदेखि तीज गीतको विषयवस्तु र शैली भड्किलो तथा मर्मबाहिर पुगेको छ । तीज गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो, यसको जगेर्ना हुनुपर्छ ।” उहाँ अघि थप्नुहुन्छ– “हिजोआज हामी मूल मर्मतिर छ्रैनौं कि जस्तो लाग्छ । पारिवारिकजस्तो छैन, कतै उट्पट्याङजस्तो पनि ।” तीज गीत गायनको विधान खल्बलिँदै गएको लोकगायिका हरिदेवीको बुझाइ छ । गीतमा आएको विविधतालाई सकारात्मक रुपमा मात्रै लिन सकिने अवस्था नरहेको उनले बताइन । समग्रमा तीजको संस्कृति साझा पर्वका रुपमा विकास हुँदै गएकामा भने लोकगायिका कोइराला खुसी हुनुहुन्छ । तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने कोइरालाको तर्क छ । तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उहाँको गुनासो छ । “तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,” कोइरालाले भनिन् । कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गरिन । साहित्यकार एवम् संस्कृतिकर्मी प्रेम छोटाको विचारमा पनि तीज गीतले मूल बाटो बिराउन थालेको छ । “तीज व्यापक भएको छ, सहरतिर पनि तीज मनाउने परम्परा विस्तार हुँदै गएको छ, रौनक फेरिएको छ,” छोटाले बताए – “तर, खासमा तीजको मर्म र तीज गीतको सौन्दर्य घट्दै गएको हो कि भन्ने चिन्ता थपिएको छ ।” वर्षभरिका आफ्ना दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम तीज गीत बन्ने गरेकामा अहिले त्यो अश्लीलता र क्षणिक रमाइलोमा समेटिन पुगेको उनको धारणा छ । लोकगायिका कोइराला पहिलेका तीज गीत सम्झँदै भन्छिन्, “महिलाका कुण्ठित सिर्जना बाहिर आउँथे, समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तीजका गीतले तर अहिले त्यस्तो छैन सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ ।” विशेषगरी तीज गीत गायनमा सुपरिचित लोकगायिका हरिदेवीले अहिलेसम्म ३२ वटा तीज गीतका एल्बम सार्वजनिक गरिसकेकी छिन् । सङ्गीत तथा नाट्य प्रतिष्ठानकी प्राज्ञसमेत भइसक्नुभएकी हरिदेवीले तीज गीतले महिलाको सिर्जना क्षमतालाई बढाउने बताउँछिन् । तीजको मौलिकता र शास्त्रीय विधानलाई नछोडी गाउन उहाँ नयाँ पुस्तालाई आग्रह पनि गर्नुहुन्छ । पछि गएर नेपाली सांस्कृतिक परम्परा खल्बलिने र मौलिकता गुम्ने खतरा रहेकोप्रति सबै सचेत हुन आवश्यक रहेको उनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: