Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कांग्रेस स्थानीय निकायको पुरानै संरचनामा !

\"deuba_congress-ktm\" काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेताहरूले स्थानीय निकाय पुनःसंरचना आयोगद्वारा प्रस्तावित ५ सय ६५ वटा स्थानीय निकाय अव्यावहारिक हुने भन्दै सच्याउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिद्वारा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका लागि सुझाव लिन आइतबारदेखि राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरिएको अन्तक्र्रिया एवम् छलफलमा सहभागी भएका जिल्ला तथा केन्द्रीय नेताहरुले आयोगको प्रस्ताव अब्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन् । स्थानीय निकाय पुनर्संरचनाबारे छलफल गर्न कांग्रेसले जिल्ला सभापतिसहितको भेला बोलाएको हो । आयोगको प्रस्तावप्रति पार्टी सभापति शेरबहादुर देउवा नै असन्तुष्ट देखिए । उनले थोरै गाउँपालिका र नगरपालिका बनाइँदा व्यावहारिक रूपमा आइपर्ने समस्याबारे विचार पु¥याउनुपर्ने बताए । भौगोलिक विकटता र विविध कारणले समस्या हुने तर्फ सजग हुनुपर्ने बताए । पहाडी र हिमाली जिल्लामा जनसङ्ख्याका आधारमा गाउँपालिका एवम् नगरपालिका निर्धारण गरिएमा तीन वा चारभन्दा बढी नबन्ने र यसले जनतालाई सेवा सुविधा दिलाउन असहज हुने भएकाले व्यावहारिक भएर सिमाना निर्धारण आयोगले काम गर्नुपर्ने नेता देउवाको भनाइ थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोगको प्रस्ताव प्रति असन्तुष्टी जनाए । जिल्ला सभपातिहरुको धारणा बुझ्न छलफल डाकिए पनि शीर्ष नेताहरुले नै शुरुमै धारणा राखेर विरोध जनाए । जसका कारण जिल्ला सभपतिहरुलाई आयोगको प्रस्ताव विरुद्ध बोल्न सजिलो भयो । जिल्लाको पुरानो संरचना भत्काएर नौ ठाउँमा पु¥याउँदा राष्ट्रको स्रोत साधन फेरि संरचना निर्माणमै खर्च हुँदा विकास निर्माणमा असर पुग्ने पौडेलको भनाइ थियो । पार्टी नेता प्रकाशमान सिंहले पनि आयोगको प्रस्ताव अब्यवहारिक भएको बताए । उनले पुरानै संरचनालाई यथावत राख्नुपर्नेमा जोड दिए । २१७ नगरपालिका र तीन हजार १५७ गाविसलाई ५६५ वटा मात्र स्थानीय निकायको संरचनामा बदल्ने अवधारणा आएपछि हलचल मच्चिएको उनले बताए । नेता कृष्णप्रसाद सिटौलाले पनि पुरानै संरचना कायम राख्नुपर्ने धारणा राखे । उनले समयमा निर्वाचन सम्पन्न गर्न पनि पुरानै संरचना कायम राख्नुपर्ने तर्क गरे । सोमबारसम्म चल्ने कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले आ–आफ्ना धारणा राख्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: