Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सेवा सुविधामा कटौती हुने गरी स्थानीय निकायको पुनःसंरचना नगर्न कांग्रेसको माग

\"deuwa\"काठमाडौँ, ५ भदौ । नेपाली काँग्रेसका नेताहरुले जनताले गाउँ र नगरबाट अहिले पाएका सेवा सुविधा कटौती हुने गरी गाउँपालिका र नगरपालिकाको संरचना बनाउन नहुनेमा जोड दिएका छन् । पार्टी केन्द्रीय समितिद्वारा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका लागि सुझाव लिन आज आयोजित अन्तक्र्रिया एवम् छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले थोरै गाउँपालिका र नगरपालिका बनाइँदा व्यावहारिक रुपमा आइपर्ने समस्याबारे विचार पु¥याउन जोड दिए । भौगोलिक विकटताका कारण अहिले गाविस कार्यालय पुग्न एक दिनसम्म हिँड्नुपर्ने गाउँ पनि छन्, यस्ता पाँच वटा गाउँलाई गाभेर गाउँपालिका बनाइँदा जनताले कसरी सहज रुपमा सेवा सुविधा पाउँछन् यसको निक्र्योल गरिनुपर्छ, उनले भने । पहाडी र हिमाली जिल्लामा जनसङ्ख्याका आधारमा गाउँपालिका एवम् नगरपालिका निर्धारण गरिएमा तीन वा चारभन्दा बढी नबन्ने र यसले जनतालाई सेवा सुविधा दिलाउन असहज हुने भएकाले व्यावहारिक भएर सिमाना निर्धारण आयोगले काम गर्नुपर्ने नेत देउवाको भनाइ थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्व तहले अन्य प्रमुख दलसँग पनि वार्ता गरेर एक हप्ताभित्र सिमाना निर्धारणको विषय टुङ्ग्याइनुपर्नेमा जोड दिँदै स्थानीय स्वशासन कि जातीय स्वशासन भन्ने विषयको टुङ्गो लागेपछि समस्याको समाधान भेटिने बताए । जनताले घरदैलाबाट पाउने सुविधालाई नौ डाँडा पारि सारेपछि असन्तोष आउँछ, यो विषयमा प्रमुख दलले व्यावहारिक निष्कर्ष निकाल्नुपर्छ भन्दै उनले जिल्लाको पुरानो संरचना भत्काएर नौ ठाउँमा पु¥याउँदा राष्ट्रको स्रोत साधन फेरि संरचना निर्माणमै खर्च हुँदा विकास निर्माणमा असर पुग्ने विचार व्यक्त गरे । पार्टी नेता प्रकाशमान सिंहले २१७ नगरपालिका र तीन हजार १५७ गाविसलाई ५६५ वटा मात्र स्थानीय निकायको संरचनामा बदल्ने अवधारणा आएपछि हलचल मच्चिएको छ भन्दै सात प्रदेशको सीमामा हेरफेर भए फेरि गाउँपालिका र नगरपालिकाको सीमामा पनि असर पर्ने बताए । उनले मधेसको समस्यालाई छिटो राजनीतिक रुपमा समाधान गरी स्थानीय निकायको सीमा निर्धारण गरिनुपर्ने र स्थानीय निकायले अहिले पाएको सेवा पनि कटौती गर्न नहुनेमा जोड दिए । नेता कृष्णप्रसाद सिटौलाले कात्तिक मसान्तसम्म स्थानीय निकायको निर्वाचन घोषणा नगरे चैत मसान्तसम्म निर्वाचन गर्न असम्भव भएकाले अहिले भइरहेकै संरचनाबाट स्थानीय निर्वाचन गराइनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा पार्टी कोषाध्यक्ष सीतादेवी यादव, नेता गोपालमान श्रेष्ठ र काठमाडौँ सभापति सबुज बानियाँले स्थानीय निकायको सीमा निर्धारण गरी चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गरिनुपर्नेमा जोड दिए । सोमबारसम्म चल्ने कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र ७५ जिल्ला सभापतिको सहभागिता छ । कार्यक्रममा विज्ञ डा श्याम भुर्तेलको समूहको प्रस्तुतिपछि सहभागीले सुझाव दिने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: