Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

राष्ट्रिय आविष्कार केन्द्र बनाउन घरदैलो अभियानमा महावीर

\"mahabir_pun\"पर्वत, ५ भदौ । राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि घरदैलो अभियान सुरु भएको छ । पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले घरदैलो अभियान सुरु गरेका हुन । अबको युग विज्ञान र प्रविधिको युग भएकाले विज्ञान र प्रविधिको विकासबिना मुलुक अघि बढ्न सक्दैन । सरकारले जतिसुकै आर्थिक क्रान्तिका कुरा गरे पनि विज्ञान र प्रविधिको विकास नभएसम्म मुलुकले फड्को मार्न नसक्ने भन्दै आविष्कार केन्द्र खोल्नका लागि घरदैलो अभियान सुरु गरिएको शनिबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा पुनले बताए । विगत चार वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि तयारी भए पनि सरकारले बेवास्ता गरेपछि जनस्तरबाटै आविष्कार केन्द्र सञ्चालन गर्न आवश्यक सहयोग माग्दै आफू घरदैलो अभियानमा हिँडेको उनले उल्लेख गरे । पुनले मुलुकभित्रै थुप्रै सम्भावना र स्रोतहरु रहेको तर आवश्यक खोज र अनुसन्धान हुन नसक्दा ती स्रोतहरुको समुचित प्रयोग हुन नसकेको भन्दै आविष्कार केन्द्र तत्काल सञ्चालन गर्नुपर्ने बताए । आविष्कार केन्द्रका लागि तत्काल रु ४० देखि ५० करोड आवश्यक पर्ने भएको छ । उक्त रकम र बैंकहरुबाट ऋण लिएर १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने र सोही आयोजनाबाट भएको आम्दानीले आविष्कार केन्द्र सञ्चालन गर्ने योजना रहेको छ । एउटै विषयमा खोज र अनुसन्धान गर्न करोडौँ रुपैयाँ आवश्यक पर्ने भएकाले त्यस्ता प्रतिभा र अनुसन्धानकर्तालाई सहयोग गर्न सकिने भएको छ । विभिन्न मुलुकमा नेपाली वैज्ञानिकले खोज अनुसन्धान गरेर ती मुलुकलाई आर्थिक क्रान्तिमा अघि बढाएको अवस्थामा सरकारले यस्तो कार्यमा लगानी गर्न नसकेको उनले बताए । उनले आवश्यक सहयोग गरेर उक्त अभियानमा साथ दिन पनि सबैलाई आग्रह गरेका छन् । उक्त आविष्कार केन्द्रमार्फत कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा, वनजङ्गल जुनसुकै क्षेत्रमा पनि काम गर्न सकिने भएको छ । एउटै विषयलाई अनुसन्धान गर्न र त्यसबाट लाभ लिनका लागि वर्षौं लाग्ने भएकाले पनि तत्काल फाइदा हुँदैन तर भविष्यमा नेपाललाई विश्वका अन्य धनी राष्ट्रसरह बनाउन सकिने उनको तर्कछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: