Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलायो

\"Nepali-Congress-Office-NC\"काठमाडौं, ४ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको भेला बोलाएको छ । कांग्रेसले आइतबार र सोमवार दुई दिने जिल्ला सभापतिहरुको भेला बोलाएको हो । स्थानीय निकायको पुनःसंरचनाबारे पार्टीको धारणा तय गर्न भदौ ५ र ६ मा दुई दिन हुने भेला बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भेलाको पार्टी सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ । राजनीतिक दल र नेताहरूको स्थानीय निकायको पुनस्संरचना सम्बन्धी फरकफरक धारणा बाहिर आइरहेकाबेला कांग्रेसले स्थानीय निकायको पुनःसंरचनाबारे आन्तरिक छलफल गर्न लागेको हो । विभिन्न राजनीतिक दलहरु तथा आफ्नै पार्टीभित्र पनि नेताहरुको फरक फरक धारणा आएपछि कांग्रेसले स्थानीय निकाय संरचनाबारे संस्थागत धारणा बनाउन लागेको हो । भेलामा गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका विषयमा छलफल केन्द्रीत हुनेछ । स्थानीय तह पुनःसंरचना आयोगले ७५ जिल्लामा ५ सय ६५ स्थानीय निकाय प्रस्ताव गरेपछि त्यसमा दलहरूको फरकफरक धारणा आएको छ । आयोगले आफ्नो प्रतिवेदनबारे प्रमुख दलका नेताहरुबीच फरक फरक धारणा आएको भन्दै छलफल समेत गरेका थियो । आयोगको प्रारम्भिक प्रतिवेदनमाथि मधेसी दलहरूले पनि विरोध जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: