Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मन्त्री छान्न देउवा एक्लै कस्सिए (कोको छन्, लिस्टमा ?)

\"ramchandraकाठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको नाम तीन दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने तयारी गरेका छन् । पार्टी आन्तरिक विवादमा अल्झिएका देउवाले आफ्नो पार्टीको तर्फबाट मन्त्रीको छनोट गर्न नसक्दा प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन । कांग्रेस–माओवादी गठबन्धनको वर्तमान सरकारमा व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसलाई १३ वटा मन्त्रालय परेको छ । अहिलेसम्म उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक मात्रै मन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसले अन्य ११ वटा मन्त्रालयको टुंगो लगाउन बाँकी नै छ । कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएको झण्डै ६ महिना हुँदा पनि मनोनित गरिने उपसभापति, महामन्त्री, सहमहामन्त्रीसमेत टुंगो लगाएका छन् ।
देउवाको लिष्टमा डा.प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी साउद, डा. नारायण खड्का, फरमुल्लाह मन्सुर, आरजु देउवा परेका छन् । 
केपी ओली नेतृत्वको सरकार ढालेर माओवादीसँगको गठबन्धनमा सरकार बनाएपछि देउवालाई मन्त्री छान्ने पिरलो छ । कांग्रेसका विभिन्न गुटहरु रहेका कारण गुट मिलाएर मन्त्री छान्न देउवालाई सकस भएको हो । यतिबेला नै नेबिसंघको महाधिवेशनले गर्दा ढिला भएको मन्त्री चयन प्रक्रियालाई तीन दिनभित्र टुंगो लगाउने देउवाको तयारी छ । स्रोतकाअनुसार नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खडा्काले आफ्नोतर्फबाट मन्त्री बनाउने लबिङ गरिरहेका छन् । तर पौडेलले भने मन्त्री चयनबारेमा आफूसँग अहिलेसम्म कुनै छलफल नै नगरेको दाबी गरेका छन् । देउवाले आफ्नो समूहका नजिकका नेता निधीलाई उपप्रधान र गृहको महत्वपूर्ण जिम्मेवारी दिइसकेका छन् भने अर्का नेता रमेश लेखकलार्इ पनि यातायात मन्त्रालयकाे जिम्मेवारी दिइसकेका छन् । अन्य ११ जनामा पनि आफ्नै पक्षकालाई राम्रो मन्त्रालय दिने देउवाकाे तयारी छ । देउवाको लिष्टमा डा.प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी साउद, डा. नारायण खड्का, फरमुल्लाह मन्सुर, आरजु देउवा परेको स्रोतको भनाइ छ । यस्तै, भीष्मराज आङदम्बे, जीवनबहादुर शाहीको मन्त्रीमा चर्चा छ भने खुमबहादुर खड्काले आफ्नी श्रीमतीलाई मन्त्री बनाउन दबाब दिएका छन् । देउवाले आफू निकटकालाई मात्रै मन्त्री बनाउने लिष्टमा राखेपछि नेता रामचन्द्र पौडेल खुश छैनन् । पौडेलले पार्टीमा गुटबन्दी हटाउन आफ्ना तर्फबाट पनि बराबरी मन्त्रीको दाबी गरेका छन् । शनिवार चितवनमा उनले देउवाप्रति सरकार गठनका विषयमा असन्तुष्टी नै ब्यक्त गरे । प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाटमा पौडेलले मन्त्री पठाउने विषयमा सभापति देउवाले आफूसँग छलफल नै नगरेको बताए । मन्त्री चयनमा आफूले पनि सहयाग गर्न तयार रहे पनि देउवाले सहयोग नचाहेको पौडेलको आरोप छ । उता महाधिवेशनमा आफू पराजित भएपछि दोस्रो पटक देउवालाई सहयोग गरेका कृष्णप्रसाद सिटौलाले पनि केही नाम आफ्नो समूहबाट दिएको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: