Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

माओवादी केन्द्रको महाधिवेशन स्थगित : ध्यान सरकारमा, पार्टी भद्रगोल

\"meetingकाठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रले आगामी पूष २३ देखि काठमाडौंमा गर्ने भनेर तय गरेका एकताको महाधिवेशन स्थगित गरेको छ । शुक्रबार पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा बसेको बैठकमा प्रचण्डले महाधिवेशन फेरिएको परिस्थितिमा स्थगन गर्न भन्दै लिखित प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई केन्द्रिय कार्यालयको बैठकले अनुमोदन गरेपछि औपचारिक रुपमा स्थगन भएको हो । महाधिवेशन स्थगितको निर्णय गरेको माओवादी केन्द्रले अर्को मिति तय नगरेपछि अनिश्चित कालका लागी स्थगित हुन पुगेको छ । एकता लगत्तै बसेको माओवादी केन्द्रको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको भएपनि पार्टी सरकारको नेतृत्व गर्दै सरकारमा गएपछि महाधिवेशनको तयारी नभ्याउने आन्तरिक ठम्याइका साथ यो निर्णय गरेको बताइन्छ । यो सँगै भदौ ११ गतेका लागी काठमाडौंको भृकुटीमण्डपमा बोलाइएको राष्ट्रिय भेला समेत स्थगित गरिएको छ । यसैगरी बैठकले संगठनलाई थप व्यवस्थित र चुस्त बनाउन संगठन विभागका प्रमुख राम बहादुर थापा बादललाई टिओआर बनाउने जिम्मा दिएको छ । संगठन विभागको कार्यक्षेत्र, संख्या लगायतका विषयलाई समेत टिओआरमा समेटिने छ । सरकार संचालनका लागी संयन्त्र बनाउने गरी त्यसको जिम्मा अर्का नेता नारयणकाजी श्र्रेष्ठलाई दिइएको छ भने २४ भन्दा बढी रहेको केन्द्रिय आयोजक समितिको संख्या तथा नाम समेत परिमार्जन गर्ने निर्णय भएको प्रवक्ता पम्झा भुसालले बताइन् । उनका अनुसार १५ दिनभित्र नाम परिमार्जनका लागी जिल्लाहरुबाट सिफारिश लिन समय दिने तयारी भइरहेको समेत उनले बताइन् । आयोजक समितिमा चर्को असन्तुष्टी भएपछि नाम परिमार्जनको निर्णय माओवादी केन्द्रले गरेको हो । पार्टी काम भद्रगोल पार्टीको प्रमुख नेता तथा अन्य नेताहरुको ध्यान सरकारमा गएपछि जम्बो माओवादीको जम्बो संगठनात्मक संरचना थप भद्रगोलता हुने देखिएको छ । प्रमुख नेता लगायतका नेताहरु सरकारमा गएपछि र कतिपयले नियुक्तिमा ध्यान दिएपछि पार्टीको संगठनात्मक काम करिबकरिब ठप्पको अवस्थामा पुगेको माओवादी स्रोत बताउँछ । केन्द्रका झण्डै आधा दर्जन भातृ तथा भगिनि संगठनहरुको एकता नै हुन सकेको छैन भने कैंयन जिल्लाहरुमा एकता बैठकहरु बस्न सकिरहेका छैनन् । प्रदेश संयन्त्र नाम मात्रैको हुन गएको स्वंयम माओवादी नेताहरु बताउँछन् । एकता पश्चात आएको संगठनात्मक असन्तुलन तथा सरकार निर्माणपछि देखिएको चर्को असन्तुष्टीलाई सम्बोधन गर्ने कुरामा नेताहरुको ध्यान नपुगेको र वेवास्ता गरिएको माओवादी कार्यकर्ताहरु बताउन थालेका छन् । नेताहरुमा केही आत्मविश्वास जस्तो देखिएपनि जिल्ला तथा तल्ला स्तरका कार्यकर्ताहरु ज्यान नभएको माओवादी वृतमा चर्चा छ । उनिहरु भन्न थालेका छन्, –यसैगरी स्थानीय चुनावमा जाने हो भने माओवादी केन्द्रको अवस्था निकै नाजुक हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: