Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नयाँ शक्तिको विद्यार्थी संगठनमा तीब्र विवाद, फरक संरचना गठन गर्ने तयारी

\"naya काठमाडौं, ४ भदौ । पार्टी गठन भएको केही समय नबित्दै नयाँ शक्ति नेपालको बिद्यार्थी युनियन गम्भीर विवादमा फँसेको छ । एक पक्षले एकलौटी रुपमा गैर विद्यार्थीहरु राखेर समिति निर्माण गरे लगतै पाँच बिभागीय प्रमुखहरुले डा. बाबुराम भट्टरार्इलाई ५ बुँदे नीतिगत माग सम्बोधन गर्न माग गर्दै चेतावनी पत्र बुझाएका थिए । उक्त चेतावनी पत्र बुझाएको दुई दिन नवित्दै देशैभरवाट करिव ९० भन्दा बढी महत्वपूर्ण क्याम्पस र जिल्लाका संयोजकद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चेतावनी पत्रलाई सर्मथन गर्दै नीतिगत माग सम्वोधन नगरे नीतिअनुसारको वैकल्पिक आन्दोलन उठाउने संरचना बनाउने जनाएका छन् । विभिन्न प्रदेशहरुवाट आएका विज्ञप्तिहरुमध्ये प्रदेश नं. १ बाट सचिवालय सदस्यहरु किसन भगत, युवराज कटुवाल, केन्द्रीय सदस्य तथा झापा जिल्ला संयोजक दिनेश दंगाल, केन्द्रीय सदस्य तथा मोरङ जिल्ला संयोजक कमल पोखरेल, केन्द्रीय सदस्य अनुज वर्मा तथा पूर्वाञ्चल विश्वविद्यालय, महेन्द्र मोरङ क्याम्पस, धनकुटा बहुमुखी क्याम्पस, काँकडभित्ता बहुमुखी क्याम्पस लगायत २४ महत्वपूर्ण क्याम्पस तथा जिल्ला समिति संयोजकहरुबाट चेतावनी पत्रलाई समर्थन जनाएका छन् । त्यस्तै प्रदेश नम्बर ३ बाट विभिन्न केन्द्रीय नेताहरु नवराज भण्डारी, पुष्प जोशी, विवेक कुमार यादव, तेजप्रसाद दुलाल, सरोज चौधरी, दिपेन्द्र भुसाल र कृष्ण मर्हजनसहित काठमाडौंका विभिन्न शैक्षिक संस्थाहरु शंकरदेव क्याम्पस, नेपाल कर्मस क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल मानविकी क्याम्पस, युनिर्भसल क्याम्पस, पुलचोक इन्जीनियरिङ क्याम्पस, थापाथली इन्जीनियरिङ क्याम्पस, के. आर्इ. सिँह. कलेज, हिस्ट कलेज कान्तिपुर इन्जीनियरिङ कलेज, काठमाडौं इन्जीनियरिङ कलेज लगायतका संयोजकहरु असन्तुष्ट छन् । निर्णय प्रक्रियामा लोकतन्त्रको प्रयोग गरिनुपर्ने लगायतका ५ बुँदे एजेण्डा कार्यान्यवन गर्न पार्टी संयोजक बाबुराम भट्टराईको नाममा ध्यानाकर्षण पत्र बुझाएका हुन् । यद्यपि विवाद सतह र मिडियामा छताछुल्ल भएपछि आफू पक्षधर आधार क्याम्पस तथा बिद्यार्थी नेताहरुलाई अपिल गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले सामाजिक सञ्चाल फेसबुकमा यस्तो लेखेका छन् । केहि समय पहिले त्रिविमा भएको पहिलो राष्ट्रिय भेलामा झडप हुँदा महतो पक्षधरले चापागाईंँमाथि नै आक्रमण गर्न खोजेपछि स्वयम देवेन्द्र पौडेलले उनलाई संरक्षण गरि गाडिमा राखेर जोगाएका थिए । पार्टी गठन भएको केही समय नबित्दै विद्यार्थी संठगनमा देखिएको उक्त विवादले पार्टीलाई दीर्घकालीन रुपमा गम्भीर क्षतिपुग्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: