Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सरकारी क्याम्पस छोडेर अन्यत्र पढाउने प्राध्यापकमाथि कारबाही सुरु

चितवन, ३ भदौ । सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासनले एउटा सरकारी र पाँचवटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिविबाट सम्बन्धन पाएका सप्तगण्डकी, बालकुमारी, मैयादेवी, सहिद स्मृति र सहिद स्मारक कलेजमा कुन प्राध्यापकले पढाउने समय कुन हो ? विस्तृत विवरण मागिएको बताए । विवरण हेरेर एउटै प्राध्यापकले एकै समयमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाएको पाइएमा सम्बन्धित विश्वविद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि लेखी पठाउने उनले बताए । रत्ननगरको सहिद स्मृति कलेजबाहेकका अन्य क्याम्पसबाट प्राध्यापकको विवरण र पढाउने समयसम्बन्धी विवरण अध्ययन भइरहेको छ । यहाँका सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गरेर एक/दुई पिरियड पढाउने अनि निजीमा हेल्मेट टिचरका रुपमा दौडिनेको सङ्ख्या अधिक भएपछि जिल्ला प्रशासनले कारबाही अघि बढाएको हो । सरकारी र सामुदायिक क्याम्पसमा पढाउने समयमा निजीमा भेटिएमा तिनीहरुलाई पक्राउ गरी मुद्दासमेत चलाइने प्रजिअ सिंहले बताए । उनले भने – त्यसको अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ । निजी कलेजलाई समेत अन्यत्र पूर्णकालीन भएको समयमा कक्षा नदिनसमेत भनिसकिएकाले अटेर गर्ने क्याम्पस प्रमुखलाई समेत कारबाही गरिने छ । अस्पताल र त्यहाँ काम गर्ने चिकित्सकको भन्दा प्राध्यापकको निजी धाउने अवस्था झन जटिल रहेको गुनासो बढेपछि प्रशासन निगरानीमा लागेको हो । प्राध्यापक सङ्घका केन्द्रीय महासचिव प्रकाश अधिकारीले एउटै समयमा अन्यत्र पढाउन जानु बौद्धिक समुदायको बेइज्जत भएकाले त्यस्ता प्राध्यापकको संरक्षण सङ्गठनले गर्न नसक्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: