Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

प्यूठानका माओवादी नेता दम्पत्ती बाढी पहिरो पीडितलाई राहत बाँड्न गाउँ–गाउँमा

\"Rekhaकाठमाडाैं, २ भदौ । राजधानीमा मन्त्री बन्न हानथाप भइरहेका बेला माओवादी केन्द्रका एक दम्पत्ती भने बाढी पहिरो पीडितलाई राहत बाँड्न प्यूठानका विकट गाउँमा देखिए । जनतालाई परेको पीडामा मल्हम लगाउन गाउँ आएका दम्पत्ती हुन् पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा र उनका पति कृष्णध्वज खड्का । शर्मा र खड्का माओवादी केन्द्रका नेता हुन् । प्यूठानका बाढी पहिरो प्रभावित क्षेत्र नगद तथा खाद्यान्न सामाग्री वितरणमा झण्डै एक हप्तादेखि उनीहरु सक्रिय छन् । पूर्वमन्त्री शर्माले लुङ, डामृ, खवाङ, स्याउलिवाङ, र फोप्ली गाविसको वडानम्बर ७ मार्केमा राहत वितरण गरेकी छन् । यसैगरी उनका पति खड्काले अर्खा, रजवारा, पुजा, तुसारा, ओखरकोट, नारीकोट, बाँदीकोट, फोप्ली, मच्छी, रातामाटामा राहत वितरण गरेका छन् । मृतक एकजना बराबर ५ हजार नगद र २५ किलोको एक बोरा चामलको दरले पीडितहरुलाई राहत वितरण गरिएको छ । यसैगरी पूर्णरुपमा घर क्षति भएर विस्थापित भएका परिवारलाई नगद ३ हजारसँगै एक बोरा चामल र पहिरोको उच्च जोखिममा परेर विस्थापित भएका परिवारलाई पनि १–१ बोरा चामल राहत वितरण गरिएको पूर्वसामान्य प्रशासन मन्त्री शर्माले जानकारी दिइन् । बहाने क्षेत्रमा १४ मृतकका परिवार, ६६ पूर्ण घर क्षति भएका र उच्च जोखिममा रहेकालाई गरी बुधबारमात्रै १ सय १५ बोरा चामल वितरण गरिएको छ । माओवादी केन्द्र र प्यूठान–काठमाडौं जनसम्पर्क मञ्चले संकलन गरेको करिब ६ सय बोरा चामल पीडितहरुलाई वितरण गरिएको नेता खड्काले जानकारी दिए । मृतक परिवारलाई एक लाख र सहुलियत ऋण दिने प्रतिबद्धता राहत वितरण टोलीमा शर्मा र खड्कासँगै माओवादी पोलिटव्युरो सदस्य पितबहादुर एमसी, सांसद पुनाराम थापा, नवराज अधिकारी, केन्द्रीय सदस्य कृष्ण अधिकारी, प्यूठान–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरी आचार्य, सदस्य राजेन्द्र भट्टराई, ओमप्रकाश जिसी, कृष्ण घिमिरे, राधा अधिकारी, बबी शर्मालगायत छन् । राहत वितरण कार्यक्रममा बाढी पहिरोले प्यूठानमा पु¥याएको क्षतिबारे दुःख व्यक्त गर्दै पूर्वमन्त्री शर्माले राज्यबाट पाउने सेवा सुविधाबाट प्यूठानी जनतालाई वञ्चित हुन नदिने प्रतिबद्धता जनाइन् । अहिले वितरण गरिएको राहत पर्याप्त नभएकाले अझै बढाउँदै लैजाने पनि उनले बताइन् । ‘नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले प्रत्येक मृतकको परिवारलाई १–१ लाख नगद र २ बण्डल जस्तापाता दिने निर्णय गरिसक्नु भएको छ,’ उनले भनिन्, ‘त्योसँगै घर बनाउनका लागि बैंकबाट सहुलियत ब्याजमा ऋण लिन पाउने व्यवस्था पनि हामीले गर्ने छौं ।’ परिवार गुमाएका बाल बालिकाहरुको पढाई–लेखाईदेखि अभिभावकत्वको भूमिकाको जिम्मा पनि सरकारले नै लिनुपर्ने पक्षमा आफू रहेको शर्माले जानकारी दिइन् । प्यूठान–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष शिवहरी आचार्यले राहत संकलन कार्यमा स्वदेश तथा विदेशबाट सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । अविरल वर्षासँगै गत असारमा गएको बाढी र पहिरोबाट प्युठानका बिभिन्न गाविसमा ५३ जनाको मृत्यु भएको स्थानीय प्रशासनको तथ्यांक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: