Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

अस्पतालको सट्टा बिरामी धामीको शरणमा

\"dhami\"जाजरकोट, २ भदौ । सक्ला–१ का पदमबहादुर खत्रीकी श्रीमती राधिका खत्री ढाड र पेट दुखेर हैरान भएपछि उनले धामीकहाँ गएर श्रीमती निको पार्ने जुक्ति निकाले जतिसुकै धामी, झाँक्रीलाई देखाए पनि पदमकी श्रीमतीको दुःखाई थोरै पनि कम भएन, बरु बढी दुःखाई बढ्यो । उहाँले श्रीमतीका लागि दर्जन बढी बोका, कुखुरा देवीदेवतालाई चढाए । राधिकाको समस्या बढ्दै गएपछि उनले एकदिन दिल्लीस्थित स्वास्थ्य संस्थामा ल्याएर भिडियो एक्स–रे गर्दा मिर्गौलामा पत्थरी भएको खुल्यो । त्यस्तै दह गाविस वडा नं ५ का धनबहादुर पुन पेसाले शिक्षक हुन, तर उनी आफैं बिरामी हुँदा धामी, झाँक्रीसमक्ष शरणमा परे । करिब दुई महिनासम्म समस्या समाधान नभएपछि रुकुमको चौरजहारीमा मिसन अस्पतालमा आउँदा मिर्गौलामा पत्थरी भएको पुष्टि भएपछि नेपालगन्ज गएर शल्यक्रियापछि अहिले विद्यालय जाने र आउने काम भइरहेको छ । सक्ला–१ कै डबलबहादुर खत्रीको श्रीमती धनकुमारी खत्रीलाई पेट दुख्ने समस्या हुँदाहुँदै धामीकै शरणमा पुग्दा मृत्यु भयो । त्यस्तै खगेनकोट वडा नं ६ का ग्वामे नेपालीको पेट दुख्यो भनी कराउँदा कराउँदै माधीकै शरणमा पु¥याउदा ४३ वर्षकै उमेरमा मृत्यु भयो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । यहाँका अधिकांश ग्रामीण क्षेत्रका स्थानीयवासी स्वास्थ्य संस्थाभन्दा पहिला धामी, झाँकीको शरणमा जाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको छ । भूतप्रेत, देवीदेवता लागेको भनी लगत प्रचार गर्दा यहाँका मानिस अकालमै मृत्युको सिकार बन्नुपरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । देवीदेवता, बोक्सीलगायतको उपचारका लागि भन्दै हजारौँ रुपैयाँ खर्चेपछि मात्र अन्त्यमा औषधि पसलमा गएर कडा डोजका औषधि खुवाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा जाँदा रोग नै पत्ता नलागी जथाभावी औषधि सेवन गर्न लगाउँदा समस्या चरमोत्कर्षमा पुगेपछि मात्र सरकारी स्वास्थ्य संस्थामा आउने चलनको सिकारमा यहाँका स्थानीयवासी परेका छन् । औषधि बिक्री गर्न स्थापना गरेका औषधि पसल नै बिरामीको अन्धाधुन्ध उपचार गर्ने विज्ञ डाक्टर बन्दा थप बिरामी समस्यामा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुनु र औषधि पसलबाट नै औषधि खरीद गर्नुपर्ने भएकाले पनि सरकारी स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा मानिसको ध्यान गएको छ । जाजरकोटका अधिकांश गाउँ विकट ठाउँमा भएका कारण सञ्चारमाध्यमको उपयोग न्यून रहेको छ । दर्जन बढी गाउँमा त अहिलेसम्म फोनले काम नै गर्दैन । गाउँमा मानिस भिरबाट लडेर घाइते भए पनि अस्पताल जानुको साटो धामीकहाँ पु¥याउँदा निकै समस्या हुने गरेको छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुनु अर्को समस्या हो । स्वास्थ्य संस्थाको सङ्ख्या थप्नुका साथै सबै ठाउँमा सडक सञ्जालले छोएमा यहाँका स्थानीयवासीको स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्ने देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: