Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्थानिय तहको पुनःसंरचना र बस दुर्घटनाप्रति सांसदहरुको चासो

\"parliament1\"काठमाडौँ, १ भदौ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा बोल्ने अधिकाश सांसदहरुले काभ्रेमा सोमबार भएको बस दुर्घटना र स्थानीय तहको पुनःसंरचनाबारे केन्द्रित रहेर आ–आप्mनो भनाइ प्रस्तुत गरे । यातायात क्षेत्रमा देखिएको एकाधिकार र चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको बताउँदै उनीहरुले यातायात क्षेत्रलाई नियमन गर्न बनेको कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । बैठकमा पहिलो वक्ताको रुपमा नेपाली काँग्रेसका तीर्थबहादुर लामा विर्ता देउरालीको खहरे खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा २७ जनाको ज्यान गएको, ४० जना गम्भीर भएको जानकारी गराउँदै मृतकप्रति श्रदाञ्जलि र घाइतेको शीघ्र स्वास्थलाभको कामना गरे । एकाधिकारको कारणले क्षमताभन्दा तेब्बर यात्रु बोक्ने स्थितिले दुर्घटना भएको बताउँदै उनले यातायात कानुनलाई कडाइका साथ कार्यान्वयनको माग गरे । नेकपा एमालेका विदुर सापकोटाले घाइते अझै पनि औषधिबिना छटपटाइरहेकाले उनीहरुको उपचारमा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराए । जनताको पहलामा विकट गाउँमा बनेका सडक यातायात सञ्चालनको हिसाबले जोखिमपूर्ण रहेको हुँदा ती बाटोको स्तरोउन्नति गर्नेतर्फ सरकारको ध्यान जाओस् उनले भने । नेकपा ९माओवादी केन्द्र०का सांसद कमला दोङले दुर्घटनाका धाइतेलाई पीडामाथि पीडा थोपर्ने होइन, निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले स्थानीय निकायमा सङ्ख्या घटाउँदा जनताले प्राप्त गर्ने अप्टयारो पर्ने हँुदा पुरानै सङ्ख्या कायम गर्नु उपयुक्त हुने धारणा राखे । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले काभ्रेलगायतका दुर्घटनाका घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै मुलुकमा बढदै गरेको दुर्घटनाको मुख्य कारकका रुपमा सिन्डिकेट हो भन्ने ठहर भइसकेको हुँदा उनीहरुलाई किन कारबाही हुन नसकेको बताइन । नेपाल सद्भावना पार्टींका सांसद डा डिम्पलकुमारी झाले मुलुकका हरेक भागमा दैनिक सवारी दुर्घटनाका घटना हुने गरेकाले त्यसलाई रोक्न भएका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । नेकपा ९माओवादी केन्द्र०का सांसद जनकराज जोशीले मुलुक सुशासन युक्त राजनीतिक दल गठन हुन आवश्यक रहेको हँुदा योगदानमा आधारित निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औल्याए । राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा राज्यले अनुदान तोक्ने प्रणालीको विकास गर्न सकिएमा राजनीतिक दलमाथिको आपेक्ष हट्ने र सुशासन प्रवद्र्धनमा जोड पुग्ने बताए । नेपाली काँग्रेसका हरिप्रसाद नेपालले राष्ट्रियताको प्रखर नमुनाको इतिहासको रुपमा पाल्पामा हुने गरेको भगवती जात्रालाई लिन सकिने बताए । नेपाली काँग्रेसका सांसद जीवनबहादुर शाहीले स्थानीय तह पुनःसंरचना आयोगले सङ्घीयतालाई सफल तुल्याउन नदिने उद्देश्यले आयोगले सीमा र सङ्ख्या निर्धारण गरेको हुँदा आयोगको औचित्यतामाथि नै प्रश्न उठाए । नेपाली काँग्रेसकै सांसद ललितजङ्ग शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सबै सरकारले बेवास्ता गरोको गुनासो गरे । सासद मानप्रसाद खत्रीले सडक दुर्घटनाका लागि १० लाख उपलब्ध गराउन र घाइतेलाई तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: