Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

वैद्यले प्रचण्डलाई सोधे– सुकुम्बासीमाथि अत्याचार किन ?

\"prachanda-kiran-750\" काठमाडौं, ३२ साउन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सुुकुम्बासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । वैद्यले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै सुकुम्बासीमाथि अत्याचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सुकुम्बासीहरुको समस्याबारेमा ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै बुझाउँदै आफूहरुको अलिबम्ब पूरा गर्न आग्रह गरेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमै गएर वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुकुम्बासीको समस्यामाथि गम्भिर बन्न आग्रह गरे । पार्टीका सुकुम्बासी समितिका महासचिवसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी सुकुम्बासी समस्यामा गम्भीर बन्न आग्रह गरेको हो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि सुकुम्वासीहरूले आफ्नो समस्या समाधान हुन्छ भन्ने ठूलो आशा गरेका भए पनि त्यो आशा निराशामा बदलिइका उल्लेख गर्दै वैद्यले कुनै वैकल्पिक व्यवस्था नगरीकनै सुकुम्वासीहरूलाई बल प्रयोग गरेर हटाउने काम नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सुकुम्वासीहरूलाई कुनै वैकल्पिक व्यवस्था नगरीकनै उठाउने, उठाउनको लागि सूचना जारी गर्ने, खेती बाली नष्ट गर्ने कार्य अविलम्ब रोकिनुपर्ने, खिलराज रेग्मी सरकारको पालादेखि सुकुम्वासी वस्तीमा पानी, बिजुलीको सुविधा कटौती गरिएकाले सुकुम्वासी बस्तीमा पानी, बिजुली आपूर्तिको अविलम्ब व्यवस्था गरिनुपर्ने, वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई आफू रहेको स्थानमा जग्गाधनी पुर्जा दिने व्यवस्था गरिनुपर्ने, वास्तविक सुकुम्वासीहरूलाई औषधी उपचारमा छूटको व्यवस्था तथा निःशुल्क शिक्षाको ब्यवस्था गरिनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख छ । सर्लाहीमा सुकुम्बासी बस्तीमा डोजर लगाउने काम भएको तथा सुकुम्बासीमाथि दमन गरिएको भन्दै विप्लव माओवादीले पनि पटक पटक आन्दोलन गर्दै आएको छ । सुकुम्बासीमाथि बल प्रयोग गरिएको विरोधमा विप्लव माओवादीले गत साउन १० गते नेपाल बन्दकै आयोजना गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: