Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रचण्डले भने– मैले घोषणा गरेको सहिदको फाइल नै हराएछ

\"prachanda-dorambha\" काठमाडौं, ३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि आफू प्रधानमन्त्री हुँदा घोषणा गरेको सहिदको फाइल नै हराएको बताएका छन् । मंगलबार १३ औं दोरम्भा स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिशडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हराएको सहिदको फाइल अहिले आफूले खोजिरहेको बताए । आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा घोषणा गरिएको हजारौं सहिदहरुको फाइल हराइएको दाबी गरे । ‘म अहिले दोस्रोपटक प्रधानमन्त्री भएपछि त्यो फाइलको खोजी गर्दैछु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यदि फाइल भेटिएन भने पनि फेरि अर्को निर्णय गरेर भए पनि जनयुद्धका सहिदहरु र बेपत्ता योद्धाहरुलाई सम्मान गर्ने काम राज्यको तर्फबाट हाम्रो नेतृत्वमा हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सहिद तथा बेपत्ता योद्धाहरुको सम्मान गर्ने प्रतिवद्धता जनाउँदै हलमा सहिद परिवारले गडगडाहट ताली बजाए । उनले त्यतिबेला नै सहिद तथा बेपत्ता परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरिए पनि आफूहरु लामो समय सरकारमा रहन नपाउँदा निर्णय कार्यान्वयन नभएको बताए । ‘मैले त्यतिबेला क्याबिनेटका मन्त्रीहरु बादल पम्फा यहाँ हुनुहुन्छ’, केही समयअघि मात्रै एकतामा आएका रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाललाई साक्षी राखेर प्रचण्डले भने –‘ हामीले क्याबिनेटको पहिलो बैठकमा नै जनयुद्धका सहिदहरुलाई राज्यको तर्फबाट शहिद घोषणा गरेका थियौं । १० लाख दिने शहिद तथा वेपत्ता परिवारलाई दिने भन्ने निर्णय पनि गरिएको थियो ।’ प्रधानमन्त्री प्रचण्डले अहिले आफू पुनः दोस्रो पटक प्रधानमन्त्री भएपछि बसेको पहिलो बैठकबाट नै १० लाख मध्ये ५ लाख रुपैयाँ सहिद तथा बेपत्ता परिवारलाई दिने निर्णय गरेको सुनाए । उनले आफ्नो नेतृत्वको सरकारले गरेका निर्णयहरु सुनाउँदै आफूले जनताकै लागि काम गर्ने प्रतिवद्धता जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: