Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बस दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त

\"baitadiबैतडी, ३२ साउन । बैतडीमा सोमबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका आठजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएकाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न पद्मा अस्पताल अत्तरियाका डाक्टर धिरेन्द्र मौनीले जानकारी दिए । घाइते हुनेमा बैतडी कुवाकोट–५ का ४५ वर्षीय धनीदत्त पन्त, कञ्चनपुर रैकवार विचवाका ५२ वर्षीय राधाकृष्ण पन्त, बझाङकी २५ वर्षीया लक्ष्मी जोशी, बझाङकी ४४ वर्षीया सुनादेवी रोकाया, बझाङकी १८ वर्षीया गीता धामी, बझाङकी ५० वर्षीया देवी रावल, बझाङकी २८ वर्षीया गोमती धामी, बझाङकै ७० वर्षीय अफिलाल कामीलाई सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसक्दा पद्मा अस्पताल अत्तरिया रिफर गरिएको थियो । घाइतेमध्ये धनीदत्त पन्त, राधाकृष्ण पन्त र सुनादेवी रोकायालाई उनकै आफन्तले उपचारका लागि पद्मा अस्पतालबाट अन्यत्र लगेको अस्पतालले जनाएको छ । अन्य घाइते ३० मध्ये १२ जना सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालले उपचारपछि डिस्चार्ज गरेको र बाँकी १८ जना घाइतेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र जानकारी दिए । धनगढीबाट बझाङ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना ५ ख २८३२ नंको बस सोमबार दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक ज्यापू भिरमा दुघर्टना हँुदा बझाङ कोटभैरव–१ की ३५ वर्षीया पुनदेवी कडायत र बझाङ देउलेक–९ की २७ वर्षीया नानु खड्का र बझाङ चैनपुर–९ का ५९ वर्षीय हर्कनारायण उपाध्यायको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि खोड्पे प्रहरीचौकीबाट घटनास्थलमा उद्घारमा खटिएका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले घटनास्थलमा नै पाँचजनाको मृत्यु भइसकेको जानकारी दिएको भए पनि जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले तीनजनाको मात्रै मृत्यु भएको पुष्टि गरेको हो । बसको अगाडिको टायर पड्किएर अनियन्त्रित भई बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ । बसका चालक बझाङका प्रेम बोहरा दुर्घटनापछि फरार रहेका प्रहरीले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: