Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

छवटै माओवादी घटकबीच बुद्धनगरमा बैठक

तस्बिर : माओवादी नेतृ पम्फा भुसालको फेसबुकबाट ।

काठमाडौं, दुई माओवादीबीच एकता प्रक्रिया सुरु भएलगत्तै दुवै पक्षले एकता प्रक्रियाका लागि बहसका एजेन्डा तय गरेका छन् । उनीहरु पार्टीको वैचारिक लाइनका साथै आ–आफूले लिएको कार्यनीतिका बारेमा समेत बहस गरेर पार्टी एकता गर्ने निक्र्यौलमा पुगेका छन् । आइतबार बिहान ९ बजे नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको दुवै माओवादीका वार्ता टोलीको संयुक्त बैठकले पार्टी एकताका विषयमा छलफलका लागि एजेन्डा तय गरेको हो । बैठकलगत्तै खबरडबलीसँग कुरा गर्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले आगामी बैठकले ती एजेन्डाहरुमा छलफल गर्ने निर्णय गरेको बताए ।
मालेमाको रक्षा, प्रयोग र विकासका सम्बन्धमा, क्रान्तिका स्वरुप एवम् त्यसका रणनीति र कार्यनीतिका सम्बन्धमा, समाजिक परिवर्तनका निम्ति हुने क्रान्तिमा बल प्रयोगको सिद्धान्तको बुझाइबारे, विगतका कमीकमजोरीहरुको समीक्षा सम्बन्धमा, पार्टीका संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको प्रयोगबारे, संसद तथा संसादवादबारेको बुझाइ एवम् प्रयोगबारे तथा तात्कालीन राजनीतिक कार्यनीतिबारे बहस गर्दै पार्टी एकता गर्ने निधो गरेको छ ।
बैठकले दुवै माओवादीबीच एकताका निम्ति सातबुँदे आधारमाथि छलफल गरेको छ । बैठकले मालेमाको रक्षा, प्रयोग र विकासका सम्बन्धमा, क्रान्तिका स्वरुप एवम् त्यसका रणनीति र कार्यनीतिका सम्बन्धमा, समाजिक परिवर्तनका निम्ति हुने क्रान्तिमा बल प्रयोगको सिद्धान्तको बुझाइबारे, विगतका कमीकमजोरीहरुको समीक्षा सम्बन्धमा, पार्टीका संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको प्रयोगबारे, संसद तथा संसादवादबारेको बुझाइ एवम् प्रयोगबारे तथा तात्कालीन राजनीतिक कार्यनीतिबारे बहस गर्दै पार्टी एकता गर्ने निधो गरेको महासचिव महराले बताए । बैठकमा प्रचण्डले नेतृत्व गरको एमाओवादी तथा वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीका साथै क्रान्तिको रक्षाका लागि जनयुद्धमा सहभागी अन्य माओवादीसँग पनि छलफल अगाडि बढाउँदै माओवादी आन्दोलनलाई वृहत्तर एकीकरणतर्फ लैजान छलफल भएको थियो । त्यसैगरी आइतबारै दिउँसो जनयुद्धबाट आएका अरु सबै माओवादी घटकहरुसँग पार्टी एकीकरणका लागि बुद्धनगरमा बैठक चलिरहेको छ । बैठकमा नेकपा माअाेवादीका महासचिव विप्लवसहित नेकपा (माओवादी) का संयोजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायत सहभागी छन् । छवटै माओवादी घटकबीचको सो बैठकमा पार्टी एकता र सत्ताधारीहरुले विगतका जनयुद्धकालीन मुद्धा उल्टाएर विभिन्न सहमति र सम्झौताको उल्लङ्घन गरेको विषयमा छलफल केन्द्रित हुने नेकपा–माओवादीका माअाेवादीकी प्रवक्ता पम्फा भुसालले जनाएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending