Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बिहारबाट अपहरणमा परेकी चार वर्षीया बालिका नेपाल प्रहरीको सहयोगमा अपहरण मुक्त

\"isparsa\"मोरङ, २४ साउन । नेपाल प्रहरीको पूर्व क्षेत्रीय अनुसन्धान ब्युरोले अपहरित बालिका स्पर्श अग्रवाललाई आज बिहान सकुशल अपहरणमुक्त गराएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार प्रहरीले मोरङको पथरीबाट चार वर्षीया बालिकालाई सकुशल अपहरण मुक्त गरेको हो । भारतको बिहारबाट अपहरणमा परेकी बालिकालाई चार दिनअघि बालिका स्कुलबाट घर फर्कंदै गर्दा अपहरणमा परेकी थिइन् । प्रहरी नायब उपरीक्षक पङ्गेनीका अनुसार कटिहारस्थित एनबिआर स्कुलमा केजीमा पढ्दै गरेकी ती बालिका मुक्त गर्दा प्रहरीले दुईजना अपहरणकारीलाई पक्राउ गर्न सफल भएको छ । अपहरणकारीहरू त्यही स्कुलका पूर्व सवारी चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणकारीको नाम खुलाएको छैन । विहारबाट नेपाल ल्याएको आशङ्कापछि ब्युरोको टोली परिचालन भएको थियो । प्रहरीको केन्द्रीय र क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले बालिकालाई सकुशल उद्धार गरेको हो । बालिकाको मामली घर इटहरी हो । अपहरणकारीले नेपालमा ल्याएर बालिकाका आफन्तसँग ‘बागे्रनिङ’ गरिरहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले पैसाको लागि बालिकालाई अपहरण गरेको खुले र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: