Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

उपमहानगरपालिकाको मनोमानी विरुद्ध कडा आन्दोलन गर्ने माओवादी केन्द्र विराटनगरको चेतावनी

\"Biratnagar-1\"विराटनगर, २४ साउन । सर्वसाधारण जनताले थेग्नै नसक्ने गरि विराटनगर उपमहानगरपालिकाले घर जग्गा करमा अत्याधिक वृद्धि गरेको भन्दै नेकपा माओवादी केन्द्र विराटनगर नगर कमिटीले विरोध जनाएको छ । जनप्रतिनिधि नभएको अवस्थामा विराटनगर उपमहानगरपालिका मनपरी ढंगले चलेको भन्दै माओवादी केन्द्र नगर कमिटिले विरोध जनाएको हो । उपमहानगरपालिकाले यही साउनदेखि लागू हुने गरी घरजग्गा करको दस्तुरमा चार गुणा वृद्वि गरेको छ । न्यूनतम भौतिक सेवा सुविधासम्म उपलब्ध गराउन नसकेको उपमहानगरपालिकाले सर्वसाधारणले थेग्नै नसक्नेगरी करको वृद्वि गरेपछि यहाँका सर्वसाधारण आक्रोशित बनेका छन् । घरको मूल्याङ्कन गर्दा सुरुको अंक ६ सय ३५ ले गणना गरी ०.५ प्रतिशतले गुणा गरिन्थ्यो । यतिबेला सुरुकै अंक बढाएर १ हजार ५ सय पुर्याइएको छ भने एक हजार पाँच सयलाई एक प्रतिशतले गुणा गरेर दस्तुर लिइने छ । ठूला करदाताको हकमा भने पहिलेको एक दशमलब पाँच प्रतिशतलाई घटाएर शुन्य दशमलब ४ प्रतिशतमा झारिएको छ । यस नियमले ठुला करदातालाई फाइदा पुग्ने देखिएको छ भने साना करादाताहरुको ढाड सेक्ने काम गरेको भने सर्वसाधारण चिन्तित बनेका छन् । महानगरपालिकाले कर बढोत्तरी फिर्ता नलिए चरणवद्ध आन्दोलनमा उत्रने माओवादी केन्द्र नगर अध्यक्ष नमिता न्यौपने बताउँछिन् । उनले भनिन , ‘नगरपालिका भित्रको भ्रष्टचार, लापरवाही र मनोमानिको विरोध गर्दैै हामी आन्दोलनको तयारीमा छौं ।’ त्यस्तै नेपाली कांग्रेस नगर कमिटिले पनि नगरपालिकाको कार्यशैली प्रति असन्तुष्टि जनाएको छ । नका विराटनगरले ज्ञापनपत्र बुझाउँदै कर फिर्ता लिन आग्रह गरेको छ । नेका नगर अध्यक्ष भीम पराजुलीले भने, ‘सर्वसाधारण जनताको ढाड सेक्नेगरी बढाइएको कर फिर्ता नलिए उपमहानगरपालिका विरुद्ध आन्दोलनमा जाने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: