Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

नयाँ सरकार गठन पश्चातको पहिलो संसद बैठक, कसले के भने ?

\"parliament1\"काठमाडौँ, २४ साउन । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गरेका छन् । स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न माग गरेका हुन । विशेष समयमा बोल्दै नेपाली काँग्रेसका भरतबहादुर खड्काले स्थानीय निकायको पुनःसंरचनामा हतार नगर्न र संवेदनशील हुन आग्रह गरे । सोही पार्टीका रामहरि खतिवडाले गाउँपालिकाको प्रस्तावित प्रतिवेदनले सङ्घीय संसद् र प्रदेश सांसदको भन्दा गाउँपालिकाको सङ्ख्या बढी हुने गरी काम गर्न सुझाव दिए । मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक०का योगेन्द्र चौधरी प्रस्तावित स्थानीय निकायको पुनःसंरचना गर्दा नेपाली जनताले लाभ लिन सक्ने प्रकारको नभएको बताए । सांसद हीराबहादुर केसीले प्यूठानमा बाढी पहिरोपीडितले उचित राहत नपाएकामा ध्यानाकर्षण गराए । तराई मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले विद्यमान आयोगको काम रोकेर जनताको घरदैलोमा सरकारको सेवा पु¥याउने मापदण्डका आधारमा स्थानीय निकायको संरचना हुनुपर्ने बताए । नेकपा ९माले०का अइन्द्रकुमार नेम्बाङले सङ्घीयतामा जानु भनेकै जनतालाई बढीभन्दा बढी सेवाको प्रत्याभूति दिनु भएकाले सोहीअनुसार पुनःसंरचना गर्न माग गरे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले तराई मधेसमा एक प्रदेश माग गर्नेहरुको माग पूरा हुन नहुनेमा जोड दिए । नेकपा ९एमाले०का जीतबहादुर दर्जी, माओवादी केन्द्रका अमनलाल मोदीले मुलुकका शान्ति, अमनचयन र विकासका लागि सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्न माग गरे । यसैगरी, शून्य समयमा बोल्ने एकमात्र सांसद नेकपा ९एमाले० का यज्ञराज सुनुवारले स्थानीय निर्वाचन चाँडो सम्पन्न गर्न माग गरे । बाढी पहिरोपीडितलाई क्षतिपूर्ति दिन माग विशेष समयमा नेकपा ९माओवादी केन्द्र०का रेखा शर्माले बाढी पहिरोबाट बढी मानवीय र भौतिक क्षति भएका जिल्लामा सरकारले दिने निर्णय भएको राहत वितरण र पुनःस्थापना गर्न र दीर्घकालीन समाधानको उपाय खोज्न आग्रह गरिन । राष्ट्रिय जनमोर्चाका मीना पुनले बागलुङमा भएको बाढी पहिरोको क्षति र जनजीवनको समस्याबारे अवगत गराइन । समाजवादी जनता दलका प्रेमबहादुर सिंहले अविरल वर्षाले भएको जनधनको क्षतिबारे सरकार गम्भीर हुनुपर्ने बताए । अहिले पनि बैठक जारी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending