Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

राप्रपा एकताले मन्त्रिपरिषद् बिस्तारमा अल्झन

\"singhadurbarकाठमाडौं, २३ साउन । दुई पूर्वपञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालबीचको एकता प्रक्रियाका कारण मन्त्रिपरिषद् विस्तारमा अल्झन आएको छ । सरकारमा जाने निर्णय गर्दै अन्तिम समयमा ओली सरकारको समर्थन फिर्ता लिएको राप्रपा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गरेको राप्रपा नेपालबीच एकता हुने भएपछि राप्रपा आजै सरकारमा जाने निर्णय अन्योलमा परेको छ । आइतबार राप्रपाका दुई मन्त्रीसहित साना दलहरुबाट मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको थियो । यहि मंगलबार दुई राप्रपाबीच एकीकरण घोषणा हुने शनिबार मात्रै सहमति भएपछि मन्त्रिपरिषद् विस्तार अल्झनमा परेको छ । माओवादी केन्द्रबाट प्रधानमन्त्री र आठ मन्त्रालय तथा नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित १३ मन्त्रालय बाँड्ने यसअघि नै सहमति भएपनि आ–आफ्नै पार्टीभित्रको विवादले गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । कांग्रेसको भागमा गृह, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, सामान्य प्रशासन, सहरी विकास, शान्ति तथा पुनर्निर्माण, वन, श्रम, सिँचाइ, खानेपानी तथा सरसफाइ मन्त्रालय परे पनि दुई मन्त्रीले मात्रै सपथ लिएका छन् । विमलेन्द्र निधीले गृह तथा रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथ लिएका हुन् । यस्तै, माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, स्थानीय, ऊर्जा, कानुन, कृषि, युवा तथा खेलकुदसहित ८ मन्त्रालय परेको छ । माओवादीबाट पनि कृषि र खेलकूद मन्त्रीमा गौरिशंकर चौधरी र दलजीत श्रीपाइली मात्रै सपथ लिएका छन् । मधेसवादी दल पनि सरकारमा सहभागी हुने सम्भावना भएकाले अहिले बाँडिएका मन्त्रालय पनि फेरबदल हुने सम्भावना देखिएको छ । सानो र चुस्त मन्त्रिपरिषद् बनाउने भन्दै निवर्तमान प्रधानमन्त्री केपी ओलीले टुक्राएको आपूर्ति मन्त्रालयलाई वाणिज्यमै तथा पशुपंक्षी मन्त्रालयलाई कृषिमै गाभ्ने तयारी गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: