Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

नेविसङ्घ अधिवेशन आजबाट : मनोनीत कार्यसमिति नबनाउन दबाव

\"nebisangh-750\"काठमाडौं, २३ साउन । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका आकाङ्क्षीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्र्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आजदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरुलाई मान्य नहुने उनीहरुले उद्घोष गरेका हुन् । यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्षका आकाङ्क्षी मनोजमणि आचार्यले आफूले हारे पनि निर्वाचन हुनुपर्नेमा जोड दिए । नैनसिंह महरले नेविसङ्घ काँग्रेसका नेता उत्पादन गर्ने नर्सरी भएकाले निर्वाचनमा भिड्ने अवसर दिन नेताहरुसँग आग्रह गरे । दीपक भट्टराईले काँग्रेसका नेताले नेविसङ्घ चलाउन खोजेमा विद्यार्थीले पार्टी चलाउने चेतावनी दिए । आनन्दराज त्रिपाठीले निर्वाचन लड्न नदिई मनोनयन गर्ने प्रवृत्तिको विरोध गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरे । क्षितिज भण्डारीले काँग्रेसका नेताहरुले मनोनीत समिति बनाएमा आफूसहितका अधिकांश कार्यकर्तालाई अमान्य हुने स्पष्ट पारे । नीलकण्ठ रिजालले नेविसङ्घको महाधिवेशन यसपटक पनि नभएमा नेविसङ्घको अस्तित्व रहन नसक्ने टिप्पणी गरे । कुन्दनराज काफ्लेले नेविसङ्घको पुरानो गौरवशाली प्रतिष्ठालाई पुर्नजीवित गर्न विधिसम्मत महाधिवेशन हुनुपर्नेमा जोड दिए । विनिता अधिकारीले मनोनीत कार्यसमिति बनाउने सोच नराख्न नेताहरुलाई खबरदारी गर्नुपर्ने बताइन् । शुभराम बस्नेतले विगतमा आफूले पाएका सबै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले निर्वाचनमार्फत सङ्घको नेतृत्व लिन चाहेको तर्क गरे । रामप्रसाद अधिकारीले विद्यार्थी आन्दोलनमा निरन्तर खटिएकाले आफूलाई विद्यार्थीले छनोट गर्ने विश्वास व्यक्त गरे । लक्ष्मण आचार्यले आफू नेताहरुको नजिक भएर पनि कहिल्यै कुनै पदमा मनोनीत हुन नचाही निर्वाचनमार्फत नेतृत्व लिन चाहेको बताए । सरोज थापाले इमान्दारिता र नैतिकताको राजनीतिका लागि आफू उम्मेदवार हुन लागेको जानकारी दिए । पदमराज पन्तले नक्कली प्रतिनिधिहरु खारेज गरी सक्कली प्रतिनिधिमार्फत सक्कली नेतृत्व छान्ने वातावरण बनाउन निर्देशक समितिलाई आग्रह गरे । रत्न कार्कीले लहडमा नलागी विवेक पु¥याएर नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरे । सङ्घको आजदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने ११औँ महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले चुनावी सरगर्मी निकै बढेको छ । देशभरबाट महाधिवेशन प्रतिनिधिको काठमाडौँ आउनेक्रम चलिरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending