Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेविसङ्घको मनोनीत कार्यसमिति नबनाउन माग

\"congressकाठमाडौं, २३ साउन । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका आकाङ्क्षीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्र्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आइतबारदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरुलाई मान्य नहुने उनीहरुले उद्घोष गरेका हुन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्षका आकाङ्क्षी मनोजमणि आचार्यले आफूले हारे पनि निर्वाचन हुनुपर्नेमा जोड दिए । नैनसिंह महरले नेविसङ्घ काँग्रेसका नेता उत्पादन गर्ने नर्सरी भएकाले निर्वाचनमा भिड्ने अवसर दिन नेताहरुसँग आग्रह गरे । दीपक भट्टराईले काँग्रेसका नेताले नेविसङ्घ चलाउन खोजेमा विद्यार्थीले पार्टी चलाउने चेतावनी दिए । आनन्दराज त्रिपाठीले निर्वाचन लड्न नदिई मनोनयन गर्ने प्रवृत्तिको विरोध गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरे । क्षितिज भण्डारीले काँग्रेसका नेताहरुले मनोनीत समिति बनाएमा आफूसहितका अधिकांश कार्यकर्तालाई अमान्य हुने स्पष्ट पारे । नीलकण्ठ रिजालले नेविसङ्घको महाधिवेशन यसपटक पनि नभएमा नेविसङ्घको अस्तित्व रहन नसक्ने टिप्पणी गर्नुभयो । कुन्दनराज काफ्लेले नेविसङ्घको पुरानो गौरवशाली प्रतिष्ठालाई पुर्नजीवित गर्न विधिसम्मत महाधिवेशन हुनुपर्नेमा जोड दिए । विनिता अधिकारीले मनोनीत कार्यसमिति बनाउने सोच नराख्न नेताहरुलाई खबरदारी गर्नुपर्ने बताइन् । शुभराम बस्नेतले विगतमा आफूले पाएका सबै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले निर्वाचनमार्फत सङ्घको नेतृत्व लिन चाहेको तर्क गरे । रामप्रसाद अधिकारीले विद्यार्थी आन्दोलनमा निरन्तर खटिएकाले आफूलाई विद्यार्थीले छनोट गर्ने विश्वास व्यक्त गरे । लक्ष्मण आचार्यले आफू नेताहरुको नजिक भएर पनि कहिल्यै कुनै पदमा मनोनीत हुन नचाही निर्वाचनमार्फत नेतृत्व लिन चाहेको बताए । सरोज थापाले इमान्दारिता र नैतिकताको राजनीतिका लागि आफू उम्मेदवार हुन लागेको जानकारी दिए । पदमराज पन्तले नक्कली प्रतिनिधिहरु खारेज गरी सक्कली प्रतिनिधिमार्फत सक्कली नेतृत्व छान्ने वातावरण बनाउन निर्देशक समितिलाई आग्रह गरे । रत्न कार्कीले लहडमा नलागी विवेक पु¥याएर नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरे । सङ्घको आइतबारदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने ११औँ महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले चुनावी सरगर्मी निकै बढेको छ । देशभरबाट महाधिवेशन प्रतिनिधिको काठमाडौँ आउनेक्रम चलिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: