Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वैद्यले गरे गम्भीर निर्णय

\"kiran-baidya\"काठमाडौं, २२ साउन । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सत्ता र सेनाको दुई छुट्टाछुट्टै मोर्चा गठन गरेको छ । साउन १६ देखि १९ गतेसम्म पार्टी कार्यालय बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठकले सेना र सत्ताको दुई छुट्टाछुट्टै मोर्चा बनाएको छ । स्रोतका अनुसार सेनाको कमाण्डरमा वैद्य आफै छन् भने सत्ताको मोर्चाको संयोजक सीपी गजुरेललाई बनाइएको छ । पार्टीबाट रामबहादुर थापा ‘बादल’ लगायतको बहुमत सदस्य नेकपा माओवादी केन्द्रसँगको एकतामा गएपछि क्रान्तिकारी माओवादीको भेलाले सेना निर्माण गर्ने निर्णय गरेको थियो । सीपी गजुरेलको नेतृत्वमा संयुक्त मोर्चा समिति बनाउने निर्णय गरिएको केन्द्रीय समिति बैठकपछि अध्यक्ष वैद्यले विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन् । गजुरेल नेतृत्वको संयुक्त मोर्चाको राष्ट्रिय भेला छिट्टै आयोजना गर्ने पनि वैद्य माओवादीले निर्णय गरेको छ । सेना निर्माणको निर्णय भने गोप्य राख्ने निर्णय भएको स्रोतको भनाइ छ । केन्द्रीय समितिबाट तीन जना हटाइयो, १८ जना थपियो वैद्य माओवादीले बादल समूह एकतामा गएपछि बाँकी रहेका ७२ केन्द्रीय सदस्यमध्ये तीन जनालाई हटाएको छ भने अन्य १८ जनालाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । केन्द्रीय समितिका रिक्त स्थानहरूमा जिम्मेवार ब्यक्तिहरूलाई थप गरी समावेश गरिएको वैद्यले जनाएका छन् । केन्द्रीय समिति ९५ सदस्य बनाउने भेलाले नै निर्णय गरेको भन्दै ८ केन्द्रीय सदस्य थप्ने सो पार्टीले जनाएको छ । यस्तै, क्रान्तिकारी माओवादीले केन्द्रीय सल्लाहकार समिति पनि थप गरेको छ । भदौ २८ गते देशब्यापी प्रदर्शन वैद्य माओवादीले आगामी भदौ २८ गते देशब्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत् परियोजनाको विरोधमा भदो २४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । सुकुम्बासी समस्याबारे आगामी देशैभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने तथा सोही दिन प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने पनि वैद्य माओवादीले निर्णय गरेको छ । संयुक्त मोर्चा तथा विभिन्न जवस मोर्चाहरूमार्फत भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई लिएर सङ्घर्ष गर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: