Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

वैद्यले गरे गम्भीर निर्णय

\"kiran-baidya\"काठमाडौं, २२ साउन । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सत्ता र सेनाको दुई छुट्टाछुट्टै मोर्चा गठन गरेको छ । साउन १६ देखि १९ गतेसम्म पार्टी कार्यालय बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठकले सेना र सत्ताको दुई छुट्टाछुट्टै मोर्चा बनाएको छ । स्रोतका अनुसार सेनाको कमाण्डरमा वैद्य आफै छन् भने सत्ताको मोर्चाको संयोजक सीपी गजुरेललाई बनाइएको छ । पार्टीबाट रामबहादुर थापा ‘बादल’ लगायतको बहुमत सदस्य नेकपा माओवादी केन्द्रसँगको एकतामा गएपछि क्रान्तिकारी माओवादीको भेलाले सेना निर्माण गर्ने निर्णय गरेको थियो । सीपी गजुरेलको नेतृत्वमा संयुक्त मोर्चा समिति बनाउने निर्णय गरिएको केन्द्रीय समिति बैठकपछि अध्यक्ष वैद्यले विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन् । गजुरेल नेतृत्वको संयुक्त मोर्चाको राष्ट्रिय भेला छिट्टै आयोजना गर्ने पनि वैद्य माओवादीले निर्णय गरेको छ । सेना निर्माणको निर्णय भने गोप्य राख्ने निर्णय भएको स्रोतको भनाइ छ । केन्द्रीय समितिबाट तीन जना हटाइयो, १८ जना थपियो वैद्य माओवादीले बादल समूह एकतामा गएपछि बाँकी रहेका ७२ केन्द्रीय सदस्यमध्ये तीन जनालाई हटाएको छ भने अन्य १८ जनालाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । केन्द्रीय समितिका रिक्त स्थानहरूमा जिम्मेवार ब्यक्तिहरूलाई थप गरी समावेश गरिएको वैद्यले जनाएका छन् । केन्द्रीय समिति ९५ सदस्य बनाउने भेलाले नै निर्णय गरेको भन्दै ८ केन्द्रीय सदस्य थप्ने सो पार्टीले जनाएको छ । यस्तै, क्रान्तिकारी माओवादीले केन्द्रीय सल्लाहकार समिति पनि थप गरेको छ । भदौ २८ गते देशब्यापी प्रदर्शन वैद्य माओवादीले आगामी भदौ २८ गते देशब्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत् परियोजनाको विरोधमा भदो २४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । सुकुम्बासी समस्याबारे आगामी देशैभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने तथा सोही दिन प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने पनि वैद्य माओवादीले निर्णय गरेको छ । संयुक्त मोर्चा तथा विभिन्न जवस मोर्चाहरूमार्फत भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई लिएर सङ्घर्ष गर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending