Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रधानमन्त्री भएदेखि नै माधव नेपाल प्रचण्डको पछिपछि !

\"madhav काठमाडौं, २२ साउन । प्रधानमन्त्रीबाट बर्हिगमन भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि माओवादीको कटु आलोचक भएका छन् । आफू भारतीय नाकाबन्दीका कारण पनि नझुकेर भारतलाई नै झुकाएको दाबी गर्दै ओलीले आफूलाई राष्ट्रवादी दर्ज गर्दै आइरहेका छन् । एमाले अध्यक्ष ओली र ओली निकटका केही नेताहरु नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्तोसराप गरिरहँदा एमालेकै बरिष्ठ नेता माधव कुमार नेपाल भने प्रचण्डको साथ छाडेका छैनन् । एमाले नेता नेपाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएदेखि नै प्रचण्डको पछि लागिरहेका छन् । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिँदा बाध्यतावस सपथ समारोहमा भाग लिएका निवर्तमान प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम्रो ब्यवहार पनि देखाएनन् । प्रधानमन्त्री निवास बालुवाटार छाडेर भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा फर्किँदासमेत कार्यकर्ताको लावालश्कर लगाएर गएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो रवाफ् देखाइरहँदा एमालेकै बरिष्ठ नेता नेपाल भने प्रचण्डको साथमा अघिपछि गर्दै हिडिरहेका थिए । प्रधानमन्त्रीको सपथपछि विभिन्न कार्यक्रममा गएका प्रचण्डसँगै नेता नेपाल पनि उपस्थित थिए । प्रचण्डको सपथ लगत्तै कीर्तिपुरको चुनावदेवीदेखि पुष्पलालको प्रतिमामा माल्यार्पण गर्न गएका प्रचण्डको टोलीसँगै बसेर फोटोसमेत खिचाएका थिए । बिगतमा एमाले नेता नेपाललार्इ प्रधानमन्त्रीबाट हटाउन माअाेवादीलार्इ न्वारनदेखिकै बल लगाउनु परेकाे थियाे । नेपालविरूद्ध माअाेवादीले ६ दिने अाम हड्ताल नै गरेकाे थियाे भने प्रधानमन्त्रीबाट राजिनामा दिएपछि पनि सात महिनासम्म कामचलाउ प्रधानमन्त्री बनेका थिए । एमाले अध्यक्ष ओलीले माओवादीसँगको सहमति पालना नगरेकै कारण सरकारबाट चिप्लिनुपरेको भन्दै यतिबेला एमाले नेताहरु ओलीप्रति रुष्ट छन् । एमाले नेतात्रय माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पार्टीभित्रै नयाँ समिकरण बनाउन थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: