Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रचण्ड प्रधानमन्त्रीमा चुनिएको ४८ घण्टामा १ हजार समाचार

\"Prachanda\"सिड्नी , २१ साउन । संघीय गणतन्त्र नेपालका नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्बाचित भएको ४८ घण्टामा एक हजार अाेटा नेपाली भाषाका समाचार अस्ट्रेलियास्थित एक संचार सस्थाले संकलन गरेको छ । नेपाली भाषाका संसारभरिका सबै अनलाइन पढ्न सकिने ब्यबस्था बनाएको उक्त संचार सस्थाको सार्बजनिक ब्यक्तित्व (पब्लिक फिगर ) भन्ने आइकनमा प्रधानमन्त्री दाहाल सम्बन्धि झन्डै एक हजार समाचारमुलक सामग्री थपिएका हुन् । नार्कोसी डटकम नामको अस्ट्रेलियास्थित पोर्टलको नेपाली भाषाका समाचार सामग्री थुप्रिने आइकनमा प्रधानमन्त्री सम्बन्धि झन्डै एकहजार सामग्री जम्मा भएको उक्त सस्थाले बताएको छ  । नेपाली भाषाका बिश्वभरीका पाठकले पछिल्लो ४८ घण्टामा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालकाबारेमा बिशेष रुचिसाथ पढेकाले नार्कोसीको पब्लिक फिगर आइकनमा उनी पहिलो नम्बरमा उक्लेका छन् । उक्त आइकंनमा नेपालका राजनीतिक दलका नेताहरु , लोकप्रिय कलाकार तथा खेलाडीहरु र सामाजिक ब्यक्तित्वहरु गरी जम्मा तीन सय तेत्तिस जनाकाबारेका समाचार सामाग्रीहरु जम्मा भएका छन् । यो आइकनमा समाचार मुलक नेपाली अनलाइनहरुमा सबैभन्दा बढी समाचार कभर गरिने ब्यक्तित्वहरु सुचिमा छन् । नेपालको प्रेस काउन्सिलको सुचिमा भएका सबै अनलाइनहरु नार्कोसीभित्र छन् । साथै यसको रिजन वाइज न्युज आइकनमा प्रबासमा भएका नेपाली भाषाका अनलाइन पनि सुचिकृत छन् । विश्वभरीका नेपाली भाषी संचार माध्याममा सार्बजनिक ब्यक्तित्वबारे प्रकाशित समाचारमा पुग्न http://narkosi.com/public-figure मा जान सकिन्छ । यहाँ सकारात्मक वा आलोचक जे जस्ता भए पनि समाचार सामग्री संग्रहित छन् । साथै पाठकहरुको चाप बढेकाले नार्कोसी डटकमले आफ्नो प्राबिधिक क्षमतामा पनि पछिल्ला केहि घन्टामै सुधार गर्नु परेको थियो । अहिले इन्टरनेट जडित विश्वको कुनै पनि कम्प्युटरमा केहि सेकेन्डमै नेपाली समाचारको भण्डारमा पुग्न सकिन्छ । अहिले समाचारका पाठक संख्याका आधारमा प्रधानमन्त्री दाहाल पहिलो , पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले तेस्राे नम्बरमा परेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: