Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रचण्ड प्रधानमन्त्रीमा चुनिएको ४८ घण्टामा १ हजार समाचार

\"Prachanda\"सिड्नी , २१ साउन । संघीय गणतन्त्र नेपालका नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्बाचित भएको ४८ घण्टामा एक हजार अाेटा नेपाली भाषाका समाचार अस्ट्रेलियास्थित एक संचार सस्थाले संकलन गरेको छ । नेपाली भाषाका संसारभरिका सबै अनलाइन पढ्न सकिने ब्यबस्था बनाएको उक्त संचार सस्थाको सार्बजनिक ब्यक्तित्व (पब्लिक फिगर ) भन्ने आइकनमा प्रधानमन्त्री दाहाल सम्बन्धि झन्डै एक हजार समाचारमुलक सामग्री थपिएका हुन् । नार्कोसी डटकम नामको अस्ट्रेलियास्थित पोर्टलको नेपाली भाषाका समाचार सामग्री थुप्रिने आइकनमा प्रधानमन्त्री सम्बन्धि झन्डै एकहजार सामग्री जम्मा भएको उक्त सस्थाले बताएको छ  । नेपाली भाषाका बिश्वभरीका पाठकले पछिल्लो ४८ घण्टामा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालकाबारेमा बिशेष रुचिसाथ पढेकाले नार्कोसीको पब्लिक फिगर आइकनमा उनी पहिलो नम्बरमा उक्लेका छन् । उक्त आइकंनमा नेपालका राजनीतिक दलका नेताहरु , लोकप्रिय कलाकार तथा खेलाडीहरु र सामाजिक ब्यक्तित्वहरु गरी जम्मा तीन सय तेत्तिस जनाकाबारेका समाचार सामाग्रीहरु जम्मा भएका छन् । यो आइकनमा समाचार मुलक नेपाली अनलाइनहरुमा सबैभन्दा बढी समाचार कभर गरिने ब्यक्तित्वहरु सुचिमा छन् । नेपालको प्रेस काउन्सिलको सुचिमा भएका सबै अनलाइनहरु नार्कोसीभित्र छन् । साथै यसको रिजन वाइज न्युज आइकनमा प्रबासमा भएका नेपाली भाषाका अनलाइन पनि सुचिकृत छन् । विश्वभरीका नेपाली भाषी संचार माध्याममा सार्बजनिक ब्यक्तित्वबारे प्रकाशित समाचारमा पुग्न http://narkosi.com/public-figure मा जान सकिन्छ । यहाँ सकारात्मक वा आलोचक जे जस्ता भए पनि समाचार सामग्री संग्रहित छन् । साथै पाठकहरुको चाप बढेकाले नार्कोसी डटकमले आफ्नो प्राबिधिक क्षमतामा पनि पछिल्ला केहि घन्टामै सुधार गर्नु परेको थियो । अहिले इन्टरनेट जडित विश्वको कुनै पनि कम्प्युटरमा केहि सेकेन्डमै नेपाली समाचारको भण्डारमा पुग्न सकिन्छ । अहिले समाचारका पाठक संख्याका आधारमा प्रधानमन्त्री दाहाल पहिलो , पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले तेस्राे नम्बरमा परेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending