Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रचण्ड सरकारले गर्यो चार जनमुखी निर्णय

\"PM-Prachanda\"

काठमाडौं, २० साउन । गरिब, भूकम्प पीडित, दलित र कर्णालीका जनतालाई खुसीको खबर छ । किनकी प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यिनै समुदायका जनता र क्षेत्रलाई लक्षित गर्दै जनमुखी निर्णयहरु गरेको छ ।

पदभार ग्रहणसँगै बसेको मन्त्रिपरिषद बैठकका निर्णयअनुसार पहिलो प्राथमिकता गरिब घर परिवारलाई दिइएको छ । सरकारले ‘गरिबका लागि सरकार’ नामक अभियान चलाउने छ भने भूकम्प प्रभावितलाई ४५ दिनभित्र अनुदानको पहिलो किस्ता वितरण गरिसक्ने निर्णय गरेको छ।

चिकित्सक नपुगेका जिल्लाहरुमा तीन महिनाभित्र चिकित्सक पुर्याइसक्ने र नेपालभरका दलित र कर्णाली समुदायका जनतालाई जन्मदर्ता गराएवापत् प्रोत्साहन भत्ता दिने निर्णय प्रचण्ड नेतृत्वको सरकारले गरेको छ ।

गरिब घरपरिवारहरुको पहिचान गर्ने र उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरी आय आर्जन, शिक्षा, स्वास्थ्य, बीमा तथा तालिम र प्रविधी हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकिकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्ने पहिलो निर्णयमा उल्लेख छ ।

यसैगरी भूकम्प प्रभावित ३१ जिल्लाका पीडितहरुलाई अनुदानको पहिलो किस्ता आगामी ४५ दिनभित्र वितरण गर्ने र पुनर्निर्माण कार्यलाई छिटो कार्यान्वयन गर्ने।

३ महिना भित्र चिकित्सक

यसैगरी चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिना भित्र चिकित्सक पठाईसक्ने निर्णय पनि सरकारले गरेको छ । जिल्ला तथा सो भन्दा माथिल्लोस्तरका सरकारी अस्पतालहरुभित्रै गुणस्तरीय औषधी कक्ष सन्चालन गरिने छ । एउटै छाताभित्र बिरामीहरुलाई सबै सुविधा दिने नीति अनुसार यस्तो निर्णय गरिएको सरकारले जनाएको छ।

नेपालभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ ।

बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख 

सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकलाई राहत दिन पूर्ववर्ती सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने पनि भएको छ ।

यस्तै, हालैको बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिकलाई एक लाख राहत प्रदान गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद्को बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

तत्कालका लागि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री महरालाई तोकिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: