Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बानेश्वरबाट नबोली हिँडेका ओली बालकोट पुगेर कुर्लिए

\"KP-Oli-Balkot\"

काठमाडौं, १९ साउन । नेपालीमा एउटा आहान छ, घरमा पुगेपछि कुकुर बलियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यो आहानसँग ठ्याक्कै मेल खाएको छ ।

प्रसंग हो बुधबारको प्रधानमन्त्री निर्वाचनको । ओलीलाई पदमुक्त गर्दै माओवादी अध्यक्ष प्रचण्ड भारी मतसहित प्रधानमन्त्रीमा निर्वाचित भए । त्यसअघि प्रचण्डले संसदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै ओलीले लगाउने गरेका आरोपहरुको चोटिलो जवाफ दिएका थिए ।

जब संसदीय परम्पराका सबै प्रक्रिया पूरा गर्दै प्रचण्ड गणतन्त्र नेपालको दुईपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता बने तब उनलाई बधाई दिने सांसदहरु र प्रतिक्रिया लिने चाहने पत्रकारहरुको भिड थेगिनसक्नुको थियो ।

पत्रकारहरु प्रचण्डको मात्रै होइन, ओलीको प्रतिक्रिया पनि लिन चाहन्थे । त्यसैले ओली संसद भवनबाट ननिस्कुन्जेल पत्रकारहरु व्यग्र प्रतिक्षामा रहे । सबैको चासो ओलीको प्रतिक्रिया के आउला भन्ने थियो ।

जब ओली मलिन अनुहार लगाउँदै संसद भवनबाट बाहिर आए पत्रकारहरुको भिड ओली तिर सोझियो । तर ओली बोल्न चाहेनन् । उनी आफ्नो गाडीमा बसे र एक शब्द पनि प्रतिक्रिया नदिइ बालकोटस्थित आफ्नो निवास फर्किए ।

संसदीय परम्परामा कुनै व्यक्ति प्रधानमन्त्रीमा निर्वाचित भए पनि बधाइ दिने राजनीतिक संस्कार हुन्छ । कुनै नेता प्रधानमन्त्रीमा निर्वाचित भएमा उ भएकै ठाउँमा पुगेर निवर्तमान प्रधानमन्त्रीले बधाइ तथा शुभकामना दिने गर्दछन् । तर, प्रचण्ड ३६३ मत पाउँदै प्रधानमन्त्रीमा निर्वाचित भएको सभामुख ओनसरी घर्तीले घोषणा गर्दा ओली चुपचाप आफ्नो आसनमा बसीरहे । बरु प्रचण्ड आफूलाई खादा र माला लगाइदिनेहरुको भिड छिचोल्दै आफै ओली भएको ठाउँसम्म पुगे र हात मिलाए ।

संसद भवन परिसरमा प्रतिक्रियाविहीन भएका ओलीको बालकोटस्थित निवास पुगेपछि मात्र वाक्य फुट्यो । घर पुगेपछि कुकुर बलियो भनेजस्तै संसद भवन परिसरबाट चुपचाप बाहिरिएका ओली आफ्नो निवासमा कार्यकर्ताहरुको भिड देखेर माओवादीविरुद्ध खनिए ।

आफ्ना केही नेता–कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले संसदमा उठाएका प्रश्नका जवाफ दिए । नेपालमा रेलवे लाइन जोड्न र ठूला आयोजना चलाउने आर्थिक स्रोत कहाँबाट ल्याउने भनी प्रचण्डले संसदमा गरेको प्रश्नको बालकोट निवासबाट जवाफ फर्काउँदै ओलीले भने, ‘रेल कसरी चलाउने स्रोत खोइ भन्नुभयो, विकास आयोजना चलाउने स्रोत देखाऊ भन्नुभयो । उहाँ सुझाव माग्न आउनुभयो भने म स्रोत देखाइदिन्छु ।’

ओलीले सरकारमा रहुञ्जेल माओवादीले कहिल्यै पनि आर्थिक सम्वृद्धि र विकासको योजना आफूसमक्ष नल्याएको आरोपसमेत लगाए । ओलीले भने, ‘उनीहरुले विकासका कुरा कहिल्यै गरेनन् । यसो उसो गर्‍यो, लडाकूलाई पैसा माग्नेबाहेक कहिल्यै सम्वृद्धिका कुरा आएनन् ।’

आफूले मुलुक सम्वृद्धिको बाटो कोरेको दाबी गर्दै ओलीले जोसुकै प्रधानमन्त्री बने पनि आफूले खनेको गोरेटोमा हिँड्नै पर्ने बताए ।

संसद भवन नयाँबानेश्वर बाहिरबाट एमाले कार्यकर्ताहरु ओलीको पक्षमा नाराबाजी गर्दै बालकोट पुगेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: