Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रधानमन्त्रीको निर्वाचनमा जे देखियो ......

\"prachanda_pm\"काठमाडौँ, १९ साउन । सरकारबाट बाहिरिएको २० दिनपछि संसद्को तेस्रो ठूलो दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता फेरबदलको राजनीतिक क्रमले मूर्तरुप लिएको छ ।

दोस्रो ठूलो दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार बनाउन निर्णायक भूमिका खेलेका माओवादी केन्द्रले ओली सरकार ढाल्न पनि मुख्य भूमिका निर्वाह ग¥यो । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनका कारण प्रधानमन्त्रीमा दाहाल ओलीले भन्दा २५ मत बढी प्राप्त गरी निर्वाचित भएका छन्  ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला भई सुरु भएको थियो । उम्मेदवारको सूचनाको प्रस्तुतिपछि प्रस्तावक तथा समर्थकले मन्तव्य दिएसँगै सभामुख ओनसरी घर्तीले प्रस्तावलाई मत विभाजनका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए ।

नयाँ बानेश्वरको संसद् बैठकमा निर्वाचित भएको घोषणासँगै दाहाललाई बधाई दिन सांसदको भीड लागेको थियो । काँग्रेस सभापित शेरबहादुर देउवा लगायतको बधाईका साथै प्रधानमन्त्री ओलीले पनि उनलाई हात मिलाएर बधाई दिए ।

सभामुख घर्तीले बधाईका लागि प्रधानमन्त्रीको कक्षमा व्यवस्था मिलाएको जानकारी दिए पनि सांसदहरु बैठक कक्षमा खादा र माला लिएर लाइनबद्ध देखिएका थिए । समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले त दुबोकै माला लगाइदिए ।

बधाई दिने क्रममा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल दाहालको आशनमा पुग्नुभएको थियो भने ओलीले आफ्नै आशनमा आइपुगेका दाहाललाई हात मिलाएर बधाई दिए ।

निर्वाचित भएको घोषणापूर्व पनि सांसदले हाउभाउबाट दाहाललाई बधाई दिइरहेको देख्न सकिन्थ्यो । त्यही बीचमा राप्रपाका सांसद सुनील बहादुर थापाको मोबाइलबाट दाहालले कतै फोनमा कुराकानी पनि गर्नुभएको दृश्य फोटो पत्रकार र दर्शक दीर्घाका सहभागीका लागि रोचक बनेको थियो ।

माओवादी केन्द्रले गत असार २८ मा सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सो दल र काँग्रेस मिलेर ओलीको विरोधमा २९ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री ओलीको राजीनामा पछि सहमतीय सरकार बन्न नसकेपछि राष्ट्रपतिको आह्वानमा संसद्ले बहुमतका आधारमा दाहाललाई प्रधानमन्त्री चयन गरेको हो । एमाले वा अन्य दलले उम्मेदवारी नदिए पनि संसद्को नियमावली बमोजिम एकल उम्मेदवारका लागिसमेत मतदान हुँदा दाहालले ३६३ मत प्राप्त गर्न सफल भए ।

उनलाई काँग्रेस, मधेसी मोर्चामा रहेका दल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले समर्थन गरेका थिए । कुनै पनि उम्मेदवारी नदिने निर्णय गरेको एमाले र यसमा सहमत दलले दाहालको विपक्षमा मत हालेका थिए । विपक्षमा २१० मत खसेको थियो । विपक्षमा एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत दलले मत हालेका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई निवर्तमान सरकारले अघि सारेका तथा राष्ट्रिय मुद्दा रहेका संविधान संशोधन, पुनःनिर्माण, नीति तथा कार्यक्रम, बजेट र आर्थिक विकासलाई सबैको सहयोगमा अघि बढाउने चुनौती छ ।

मधेसी मोर्चासँग संविधान संशोधनलगायतका विषयमा सहमति भएर दाहाल निर्वाचित भए पनि एमाले र राप्रपा नेपाल विपक्षीको भूमिकामा रहने भएकाले सजिलै संविधान संशोधन वा सीमाङ्कनको मुद्दा टुङ्गिने स्थिति नरहेको विश्लेषकहरु औँल्याउँछन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending