Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रधानमन्त्रीको निर्वाचनमा जे देखियो ......

\"prachanda_pm\"काठमाडौँ, १९ साउन । सरकारबाट बाहिरिएको २० दिनपछि संसद्को तेस्रो ठूलो दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता फेरबदलको राजनीतिक क्रमले मूर्तरुप लिएको छ ।

दोस्रो ठूलो दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार बनाउन निर्णायक भूमिका खेलेका माओवादी केन्द्रले ओली सरकार ढाल्न पनि मुख्य भूमिका निर्वाह ग¥यो । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनका कारण प्रधानमन्त्रीमा दाहाल ओलीले भन्दा २५ मत बढी प्राप्त गरी निर्वाचित भएका छन्  ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला भई सुरु भएको थियो । उम्मेदवारको सूचनाको प्रस्तुतिपछि प्रस्तावक तथा समर्थकले मन्तव्य दिएसँगै सभामुख ओनसरी घर्तीले प्रस्तावलाई मत विभाजनका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए ।

नयाँ बानेश्वरको संसद् बैठकमा निर्वाचित भएको घोषणासँगै दाहाललाई बधाई दिन सांसदको भीड लागेको थियो । काँग्रेस सभापित शेरबहादुर देउवा लगायतको बधाईका साथै प्रधानमन्त्री ओलीले पनि उनलाई हात मिलाएर बधाई दिए ।

सभामुख घर्तीले बधाईका लागि प्रधानमन्त्रीको कक्षमा व्यवस्था मिलाएको जानकारी दिए पनि सांसदहरु बैठक कक्षमा खादा र माला लिएर लाइनबद्ध देखिएका थिए । समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले त दुबोकै माला लगाइदिए ।

बधाई दिने क्रममा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल दाहालको आशनमा पुग्नुभएको थियो भने ओलीले आफ्नै आशनमा आइपुगेका दाहाललाई हात मिलाएर बधाई दिए ।

निर्वाचित भएको घोषणापूर्व पनि सांसदले हाउभाउबाट दाहाललाई बधाई दिइरहेको देख्न सकिन्थ्यो । त्यही बीचमा राप्रपाका सांसद सुनील बहादुर थापाको मोबाइलबाट दाहालले कतै फोनमा कुराकानी पनि गर्नुभएको दृश्य फोटो पत्रकार र दर्शक दीर्घाका सहभागीका लागि रोचक बनेको थियो ।

माओवादी केन्द्रले गत असार २८ मा सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सो दल र काँग्रेस मिलेर ओलीको विरोधमा २९ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री ओलीको राजीनामा पछि सहमतीय सरकार बन्न नसकेपछि राष्ट्रपतिको आह्वानमा संसद्ले बहुमतका आधारमा दाहाललाई प्रधानमन्त्री चयन गरेको हो । एमाले वा अन्य दलले उम्मेदवारी नदिए पनि संसद्को नियमावली बमोजिम एकल उम्मेदवारका लागिसमेत मतदान हुँदा दाहालले ३६३ मत प्राप्त गर्न सफल भए ।

उनलाई काँग्रेस, मधेसी मोर्चामा रहेका दल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले समर्थन गरेका थिए । कुनै पनि उम्मेदवारी नदिने निर्णय गरेको एमाले र यसमा सहमत दलले दाहालको विपक्षमा मत हालेका थिए । विपक्षमा २१० मत खसेको थियो । विपक्षमा एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत दलले मत हालेका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई निवर्तमान सरकारले अघि सारेका तथा राष्ट्रिय मुद्दा रहेका संविधान संशोधन, पुनःनिर्माण, नीति तथा कार्यक्रम, बजेट र आर्थिक विकासलाई सबैको सहयोगमा अघि बढाउने चुनौती छ ।

मधेसी मोर्चासँग संविधान संशोधनलगायतका विषयमा सहमति भएर दाहाल निर्वाचित भए पनि एमाले र राप्रपा नेपाल विपक्षीको भूमिकामा रहने भएकाले सजिलै संविधान संशोधन वा सीमाङ्कनको मुद्दा टुङ्गिने स्थिति नरहेको विश्लेषकहरु औँल्याउँछन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: