Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

धरपकड नरोके प्रतिरोध गर्ने विप्लव माओवादीको चेतावनी

\"biplab-

रुपन्देही, १८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी लुम्बिनी ब्युरोले कपिलबस्तु घटनाप्रति कडा आपत्ती जनाउँदै सरकारको धरपकड नरोकिए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

आफ्ना नेता तथा कार्यकर्ताको घरमा प्रहरीले अनावश्यक खानतलासी गरेको र कार्यकर्ताहरुलाई पक्राउ गरेको भन्दै माओवादीले विरोध जनाएको छ ।

नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द (बिरजंग)द्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘२०७२ साल माघ २९ गते कपिलबस्तु वाणगंगा नगरपालिका अन्तर्गत ४ नम्बरमा अज्ञात समूहद्वारा हत्या गरिएका राजेश सेनको हत्याको अनुसन्धान भन्दै हाम्रा पार्टीका नेता तथा कार्यकर्तालाई अनावश्यक धरपकड गरिएको छ ।’

माओवादीले सो घटनामा आफ्नो सहभागिता नरहेको बताउँदै आएको छ । तर पनि प्रहरीले छापा मार्ने र धरपकड गर्ने काम जारी राखेको भन्दै उसले आपत्ती जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य बाला थापा, जिल्ला सेक्रेटरी संगम पुन, कपिलबस्तुका सचिवालय सदस्य अशोक बिक लगाएतको घरमा प्रहरीले छापा मारेको माओवादीले जनाएको छ ।

सेनको हत्या आरोप लगाएर २०७३ साल असार २४ गते कपिलवस्तु जिल्ला सचिवालय सदस्य गणेश थारुलाई प्रहरीले पक्राउ गरी सार्बजनिक अपराधको मुद्दा लगाएको छ ।

साथै पार्टीका कार्यकर्ता हेमन्त चौधरीको नागरिकताको प्रमाणपत्र र फोटोहरु लगेको, शेरमानको घरमा घरमा छापा मारेर घरको मझेरी खनेको र अधिकांश कार्यकर्ताका छोराछोरीलाई अनुसन्धान भन्दै प्रहरीले आतंकित पारेको बिज्ञप्तिमा उल्लेख छ ।

माओवादीले प्रहरी रबैया तुरुन्त रोक्न र झुटा आरोपमा जेलमा राखिएका गणेश थारुलाई तत्काल रिहाइ गर्नका लागि पहल गरिदिन सम्पुर्ण पत्रकार, मानवअधिकारवादी, नागरिक समाज लगाएतलाई अपिल गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending