Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

धरपकड नरोके प्रतिरोध गर्ने विप्लव माओवादीको चेतावनी

\"biplab-

रुपन्देही, १८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी लुम्बिनी ब्युरोले कपिलबस्तु घटनाप्रति कडा आपत्ती जनाउँदै सरकारको धरपकड नरोकिए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

आफ्ना नेता तथा कार्यकर्ताको घरमा प्रहरीले अनावश्यक खानतलासी गरेको र कार्यकर्ताहरुलाई पक्राउ गरेको भन्दै माओवादीले विरोध जनाएको छ ।

नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द (बिरजंग)द्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘२०७२ साल माघ २९ गते कपिलबस्तु वाणगंगा नगरपालिका अन्तर्गत ४ नम्बरमा अज्ञात समूहद्वारा हत्या गरिएका राजेश सेनको हत्याको अनुसन्धान भन्दै हाम्रा पार्टीका नेता तथा कार्यकर्तालाई अनावश्यक धरपकड गरिएको छ ।’

माओवादीले सो घटनामा आफ्नो सहभागिता नरहेको बताउँदै आएको छ । तर पनि प्रहरीले छापा मार्ने र धरपकड गर्ने काम जारी राखेको भन्दै उसले आपत्ती जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य बाला थापा, जिल्ला सेक्रेटरी संगम पुन, कपिलबस्तुका सचिवालय सदस्य अशोक बिक लगाएतको घरमा प्रहरीले छापा मारेको माओवादीले जनाएको छ ।

सेनको हत्या आरोप लगाएर २०७३ साल असार २४ गते कपिलवस्तु जिल्ला सचिवालय सदस्य गणेश थारुलाई प्रहरीले पक्राउ गरी सार्बजनिक अपराधको मुद्दा लगाएको छ ।

साथै पार्टीका कार्यकर्ता हेमन्त चौधरीको नागरिकताको प्रमाणपत्र र फोटोहरु लगेको, शेरमानको घरमा घरमा छापा मारेर घरको मझेरी खनेको र अधिकांश कार्यकर्ताका छोराछोरीलाई अनुसन्धान भन्दै प्रहरीले आतंकित पारेको बिज्ञप्तिमा उल्लेख छ ।

माओवादीले प्रहरी रबैया तुरुन्त रोक्न र झुटा आरोपमा जेलमा राखिएका गणेश थारुलाई तत्काल रिहाइ गर्नका लागि पहल गरिदिन सम्पुर्ण पत्रकार, मानवअधिकारवादी, नागरिक समाज लगाएतलाई अपिल गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: