Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

एमालेले किन उठाएन प्रधानमन्त्रीमा उमेदवार ?

\"Uml-Samsadiya-dal\"काठमाडौं, १८ साउन । प्रधानमन्त्रीको निर्वाचनमा एमाालेले अन्तत कुनै पनि उमेदवार नउठाउने निर्णय गरेपछि यस बारे अनेक किसिमका विश्लेषण गर्न थालिएको छ । आज प्रचण्डले उम्मेदवारी दर्ता गरे पनि एमालेका तर्फबाट कुनै उमेदवार तोकिएको छैन ।

यसअघि एमालेले बामदेव गौतम वा सुवास नेम्वाङलाई प्रधानमन्त्रीको उमेदवार बनाउने चर्चा थियो । हिजो एमाले नेता रबिन्द्र अधिकारीले नेम्वाङलाई प्रधानमन्त्रीको उमेदवार बनाउने भनेर सार्वजनिक कार्यक्रममा नै बताएका थिए ।

एकाएक एमालेको यस्तो निर्णय आएपछि किन एमालेले उम्मेदवारी दिएन भन्ने प्रश्न मात्रै उठेन स्वयम एमालेको स्थायी कमिटी बैठकमा नै यसले चर्चा पायो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलवार विहान स्थायी कमिटी बैठक बोलाउनु अघिसम्म पनि उम्मेदवार उठाउने बारेमा नेताहरुसँग छलफल र परामर्श गरेका थिएनन् । बैठकमा जाने नेताहरु पनि वामदेव वा सुवासका बारेमा छलफल चल्छ भन्नेमै ढुक्क थिए ।

बैठकमा प्रधानमन्त्री घुमाउरो पारमा आफूहरु अल्पमतमा परिसकेको र जित्ने अवस्था नरहेकाले उम्मेदवारी दिनु वा नदिनुले फरक नपर्ने आसयको अभिव्यक्ति दिएका थिए । बैठकमा सहभागी एक नेताले भने‘ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले नै प्रधानमन्त्रीको लागि उमेदवारी नदिने पक्षमा बैठकमा उपस्थित भएको पाइयो ।’

प्रधानमन्त्री ओलीको घुमाउरो प्रस्तावमा धेरै नेता सहमत देखिएपछि अन्तत एमालेले प्रधानमन्त्रीमा कुनै उमेदवार नउठाउने निर्णय गरेको हो ।

उपमहासचिव घनश्याम भुसालले भने उमेदवारी दिनु भन्दा नदिनु राम्रो हुने भनेर स्पष्ट रुपमा नै बैठकमा कुरा राखेका थिए । एमालेको निर्णयबारे एक थरिले हार्ने डरले चुनाव नलडेको विश्लेषण गरेका छन् भने अर्का थरिले प्रचण्ड बिरुद्ध जाँदा भन्दा उमेदवारी नै नदिदा भोलीको राजनीतिक चलखेल गर्न सजिलो हुने भएकाले यस्तो निर्णय लिएको हुन सक्ने बताएका छन् । स्वयम् एमाले नेताहरुले समेत यस्तै निष्कर्ष निकालेको श्रोतले बतायो ।

प्रचण्ड बिरुद्ध उमेदवार नउतारेपनि एमालले उनको उम्मेदवारीको प्रस्तावमाथि मतदान हुँदा उसका सांसदले विपक्षमा मतदान गर्नेछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending