Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ, अर्को बैठक भोलि

\"Samsadiye-sunuwai\"काठमाडौँ, १८ साउन । व्यवस्थापिका¬–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको आज संसदीय सुनुवाइ गरेको छ ।

समितिले परराष्ट्र सेवामा रहनुभएका प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, डा दुर्गाबहादुर सुवेदी र ऋषिराम घिमिरेको संसदीय सुनुवाइ गरेको हो । उनीहरु पाँचै जना परराष्ट्र मन्त्रालयका सहसचिव छन् । लम्साललाई पाकिस्तान, पोखरेललाई ब्राजिल, सुवेदीलाई संयुक्त राष्ट्र सङ्घको कार्यालय भियना, डा दुर्गालाई संयुक्त अधिराज्य र घिमिरेलाई रुसी महासङ्घका लागि नेपाली राजदूतमा सिफारिस गरेर सरकारले सुनुवाइ गर्न समितिमा पठाएको हो ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आ–आफ्नो कार्ययोजना र सोच प्रस्तुत गर्दै आफू खटिएर जाने मुलुकसँगको सम्बन्धलाई थप विकास र विस्तार गर्नुका साथै आर्थिक कूटनीतिलाई जोड दिने प्रतिबद्धता जनाए । उनीहरुले भने – “नेपालको इज्जत र प्रतिष्ठा बनाउनेतर्फ नै हाम्रो ध्यान केन्द्रित हुने छ । शान्ति र विकासका लागि आवश्यक पहल गरिने छ । सम्बन्धका विभिन्न आयाम पहिल्याइने छ । यातायात क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गन ध्यान दिइने छ ।”

राजदूतमा सिफारिस भएका परराष्ट्र सेवाका तीन जनाको भोलि बिहान सुनुवाइ गर्ने समितिले कार्यसूची बनाएको छ । सहसचिवत्रय रमेशप्रसाद खनाललाई जर्मनी, झविन्द्रप्रसाद अर्याललाई इजिप्ट र लोकबहादुर थापालाई बेल्जियम र युरोपेली सङ्घका लागि राजदूतमा प्रस्ताव गरिएको छ ।

सरकारले परराष्ट्र सेवाभन्दा बाहिरबाट थप १४ जनालाई राजदूतका लागि प्रस्ताव गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: