Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सरकारमा नभए पनि एजेण्डामा सहमति गर्न उपराष्ट्रपति पुनको आग्रह

\"PMD_8810-750\"काठमाडौं, १८ साउन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले व्यवस्थापिका संसदमा बहुमतीय सरकार गठन प्रक्रिया अगाडि बढे पनि अझै सहमतिको प्रयास गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले दलहरुबीच राष्ट्रिय सहमतिको सरकारमा सहमति नभएकोमा दुःख व्यक्त गरेका छन् । एशियन पेन्टस्द्वारा आयोजित ‘आर्किटेक्ट ईन्जिनियरिङ डिजाइन प्रतियोगिता तथा पुरस्कार वितरण’ समारोहलाई मंगलबार संबोधन गर्दै उपराष्ट्रपति पासाङले राष्ट्रिय सहमतिको सरकारका लागि अझै प्रयास गर्न आग्रह गरेका हुन् । ‘संविधान कार्यान्वयन, आन्दोलनरत पक्षको असन्तुष्टिहरुको संबोधन, राष्ट्रिय एकता निर्माण र समृद्ध नेपालका लागि राष्ट्रिय सहमतिको सरकार जरुरु थियो । तर, सम्माननीय राष्ट्रपतिज्यूले दिनु भएको समयमा राष्ट्रिय सहमतिको सरकारबारे दलहहरुबीच सहमति हुन सकेन । यसमा मलाई दुःख लागेको छ’, उपराष्ट्रपतिले भने, ‘बहुमतीय प्रक्रियाभित्र पनि दलहरुबीच राष्ट्रिय सहमति गरेर सहमतिकै सरकार बनाउनुपर्ने आवश्यकतालाई दलहरुले बोध गर्नुपर्दछ । म अझै सहमतिको लागि दलहरुलाई अपील गर्दछु ।’ उपराष्ट्रपतिले यदि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा पनि संविधान कार्यान्वयन, राष्ट्रिय एकता निर्माण र समृद्ध नेपालको राष्ट्रिय एजेण्डामा सहमति कायम गरेर सहकार्य गर्न दलहरुलाई अपील गरे । मौलिकता जोगिने संरचनाको डिजाईन गर्न ईन्जिनियरलाई आग्रह कार्यक्रममा उपराष्ट्रपति पासाङले नेपालको भूगोल र विभिन्न समुदायको पहिचान सुरक्षित रहने गरी आधुनिक र भूकम्प प्रतिरोधी संरचनाको डिजाईन गर्न आग्रह गरे । ‘भिन्न भूगोल, भिन्न जाति समुदायअनुसारका हाम्रा परम्परागत घरहरु, भौतिक संरचनाहरु छन् । विद्यमान यी संरचना नेपालको पहिचान पनि हुन्’, उनले भने, ‘म ईन्जिनियर साथीहरुलाई आग्रह गर्दछु, भूगोल, समुदायका पहिचान सुरक्षित रहने गरी ती ठाउँ सुहाउँदो आधुनिक र भूकम्प प्रतिरोधी संरचनाको डिजाईन गरिदिनुहोस् । यसबाट नेपालको मौलिकता पनि जोगिराखोस् र हामी आधुनिकतातर्फ पनि अगाडि बढौँ ।’ उपराष्ट्रपतिले समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको ठूलो भूीमका हुने बताए । ‘संविधान कार्यान्वयनसँगै प्रादेशिक संरचनाहरुको व्यवाहारिक अभ्यास सुरु हुँदै जान्छ । त्यसबेला हामीले प्रदेशहरुमा ठूलठूला भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ’, उनलेभ भने, ‘यस क्रममा तपाईं आर्किटेक्ट ईन्जिनियर साथीहरुको ठूलो भूमिका हुनेछ । म जोड दिएर भन्न चाहान्छु, समृद्ध नेपालको डिजाईन गर्ने जिम्मा तपाईं ईन्जिनियर साथीहरुकै हातमा हुनेछ ।’ कार्यक्रममा राष्ट्रव्यापी आर्किटेक्ट ईन्जिनियरिङ डिजाइन प्रतियोगिताको प्रथम, द्वीतीय र तृतीय भएका ईन्जिनियर अन्तिम वर्षका विद्यार्थीहरुलाई उपराष्ट्रपतिले पुरस्कृत गरेका थिए । प्रतियोगितामा देशैभरका आर्किटेक्टका विद्यार्थीहरुले सहभागी जनाएको एशियन पेन्टस्ले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending