Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सरकारमा नभए पनि एजेण्डामा सहमति गर्न उपराष्ट्रपति पुनको आग्रह

\"PMD_8810-750\"काठमाडौं, १८ साउन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले व्यवस्थापिका संसदमा बहुमतीय सरकार गठन प्रक्रिया अगाडि बढे पनि अझै सहमतिको प्रयास गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले दलहरुबीच राष्ट्रिय सहमतिको सरकारमा सहमति नभएकोमा दुःख व्यक्त गरेका छन् । एशियन पेन्टस्द्वारा आयोजित ‘आर्किटेक्ट ईन्जिनियरिङ डिजाइन प्रतियोगिता तथा पुरस्कार वितरण’ समारोहलाई मंगलबार संबोधन गर्दै उपराष्ट्रपति पासाङले राष्ट्रिय सहमतिको सरकारका लागि अझै प्रयास गर्न आग्रह गरेका हुन् । ‘संविधान कार्यान्वयन, आन्दोलनरत पक्षको असन्तुष्टिहरुको संबोधन, राष्ट्रिय एकता निर्माण र समृद्ध नेपालका लागि राष्ट्रिय सहमतिको सरकार जरुरु थियो । तर, सम्माननीय राष्ट्रपतिज्यूले दिनु भएको समयमा राष्ट्रिय सहमतिको सरकारबारे दलहहरुबीच सहमति हुन सकेन । यसमा मलाई दुःख लागेको छ’, उपराष्ट्रपतिले भने, ‘बहुमतीय प्रक्रियाभित्र पनि दलहरुबीच राष्ट्रिय सहमति गरेर सहमतिकै सरकार बनाउनुपर्ने आवश्यकतालाई दलहरुले बोध गर्नुपर्दछ । म अझै सहमतिको लागि दलहरुलाई अपील गर्दछु ।’ उपराष्ट्रपतिले यदि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा पनि संविधान कार्यान्वयन, राष्ट्रिय एकता निर्माण र समृद्ध नेपालको राष्ट्रिय एजेण्डामा सहमति कायम गरेर सहकार्य गर्न दलहरुलाई अपील गरे । मौलिकता जोगिने संरचनाको डिजाईन गर्न ईन्जिनियरलाई आग्रह कार्यक्रममा उपराष्ट्रपति पासाङले नेपालको भूगोल र विभिन्न समुदायको पहिचान सुरक्षित रहने गरी आधुनिक र भूकम्प प्रतिरोधी संरचनाको डिजाईन गर्न आग्रह गरे । ‘भिन्न भूगोल, भिन्न जाति समुदायअनुसारका हाम्रा परम्परागत घरहरु, भौतिक संरचनाहरु छन् । विद्यमान यी संरचना नेपालको पहिचान पनि हुन्’, उनले भने, ‘म ईन्जिनियर साथीहरुलाई आग्रह गर्दछु, भूगोल, समुदायका पहिचान सुरक्षित रहने गरी ती ठाउँ सुहाउँदो आधुनिक र भूकम्प प्रतिरोधी संरचनाको डिजाईन गरिदिनुहोस् । यसबाट नेपालको मौलिकता पनि जोगिराखोस् र हामी आधुनिकतातर्फ पनि अगाडि बढौँ ।’ उपराष्ट्रपतिले समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको ठूलो भूीमका हुने बताए । ‘संविधान कार्यान्वयनसँगै प्रादेशिक संरचनाहरुको व्यवाहारिक अभ्यास सुरु हुँदै जान्छ । त्यसबेला हामीले प्रदेशहरुमा ठूलठूला भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ’, उनलेभ भने, ‘यस क्रममा तपाईं आर्किटेक्ट ईन्जिनियर साथीहरुको ठूलो भूमिका हुनेछ । म जोड दिएर भन्न चाहान्छु, समृद्ध नेपालको डिजाईन गर्ने जिम्मा तपाईं ईन्जिनियर साथीहरुकै हातमा हुनेछ ।’ कार्यक्रममा राष्ट्रव्यापी आर्किटेक्ट ईन्जिनियरिङ डिजाइन प्रतियोगिताको प्रथम, द्वीतीय र तृतीय भएका ईन्जिनियर अन्तिम वर्षका विद्यार्थीहरुलाई उपराष्ट्रपतिले पुरस्कृत गरेका थिए । प्रतियोगितामा देशैभरका आर्किटेक्टका विद्यार्थीहरुले सहभागी जनाएको एशियन पेन्टस्ले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: