Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

संविधान कार्यान्वयनमा चुनौती थपियोः प्रधानमन्त्री ओली

\"KP-oli-talking-750\"काठमाडौँ, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक धु्रवीकरणले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताएका छन् ।

वामपन्थी नेता तुल्सीलाल अमात्यको १९ औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘संविधान कार्यन्वयनका चुनौतीहरु’ विषयको गोष्ठीमा उहाँले अहिलेको राजनीतिक घटनाक्रमले संविधान कार्यान्वयनमा जटिलता थपेको बताए ।

संविधान कार्यान्वयन हुन नदिन धेरै शक्ति लागि रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई बर्बादीतिर जान नदिन जटिलताका माझ पनि संविधान कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा एमालेले संविधान कार्यान्वयन गराएरै छाड्छ ।” उनले संविधानमा केही कमजोरी भए पनि देशका निम्ति संविधान बनाइएको चर्चा गरे ।

प्रधानमन्त्री ओलीले २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संसद्को निर्वाचन नभए देशमा संवैधानिक सङ्कट उत्पन्न हुने बताए । चैत्रमा सरकार परिवर्तन र स्थानीय निकायको चुनाव दुवै एकसाथ हुने उल्लेख गर्दै उनले अहिले सरकारमा जानका लागि केही मान्छेहरु ‘लिगलिगे दौड’ जस्तै होडबाजी गरिरहेको बताए ।

एमाले अध्यक्ष ओलीले अब बन्ने प्रधानमन्त्रीले मधेसका माग पूरा गर्छ भनेर नक्कली कुरा गरिरहेको बताए । उनले मधेसका नाममा राजनीतिक गर्नेले मधेसीका निम्ति केही नगरेको आरोप लगाए ।

एमाले नेता माधवकुमार नेपालले माओवादीसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । “असमयमा नै गठबन्धन टुट्यो । यसमा माओवादीको पनि कमजोरी छ । हतारमा पदीय आकाङ्क्षा माओवादीले पनि ग¥यो”–उनले भन्नुभयो, “हामीले पनि ध्यान दिन सकेनौँ । नीति कार्यक्रम, बजेट पेस भइसेकेको अवस्थामा वर्तमान गठबन्धन जोगाउनु पर्दथ्यो ।”

उनले अब बन्ने सरकारले अघिल्लो सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मुलुकको सार्वभौमसत्ताका लागि लड्ने जो सुकैलाई पनि एमालेको सहयोग हुने बताए । पूर्वप्रधानमन्त्री नेपालले मधेसमा नेपाल विरोध गतिविधि सञ्चालन भइरहेको भन्दै त्यो अत्यन्त डर लाग्दो भएको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: