Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

एमालेबाट नेम्बाङ प्रधानमन्त्रीको उम्मेदवार !

\"subash-nemwang\"काठमाडौँ, १७ साउन । नेकपा एमाले का नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा उनले पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेतालाई अघि सारिने बताए । सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।

नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले मुलुकलाई सही दिशाबोध गर्न र आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न पनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार सफल हुने बताए । अबको सरकारले सङ्घीय गठबन्धन र एमाले दुवैलाई साथमा लिएर सहकार्य गर्दै अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता धनराज गुरूङले शान्ति प्रक्रिया, पुनःनिर्माण र आर्थिक समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नाको विकल्प नभएको बताउँदै संविधान कार्यान्यवनका लागि एमालेले प्रतिपक्षमा रही रचनात्मक सहयोग गर्नुपर्ने बताए ।

मधेसी जनअधिकार फोरम नेपालगणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आफ्ना माग सम्बोधन भए सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग बताउँदै निर्वाचनमा मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने स्पष्ट पारे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: