Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

ट्राफिकद्वारा करोडौंको राजश्व असुली, अव्यवस्थित पार्किङ्ग हटाइने

\"traffic_20120312083827\"भैरहवा, १६ साउन । जिल्ला ट्रफिक प्रहरी कार्यालय रुपन्देहीले ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न सवारी साधनबाट आर्थिक वर्ष २०७२/०७३ मा करोडौं रूपैंयाको राजश्व असुली गरेको बताएको छ । भैरहवा क्षेत्रबाट गत आर्थिक वर्षमा १ करोड ४७ लाख ६७ हजार ६ सय ५० रूपैंया बराबरको राजश्व संकलन गरेको कार्यालयले यस आ.व. ०७२/०७३ मा ४९ हजार २ सय ९८ ओटा गाडिबाट १ करोड ७२ लाख ९६ हजार ५ सय रूपैंया असुली गरेको छ । जसमध्ये २५ हजार १ सय ९६ ट्रकलाई कारवाही गरि ९० लाख ५८ हजार ७ सय रूपैंया, १ हजार १ सय ५४ ओटा बसबाट ३ लाख ९१ हजार ३ सय रूपैंया, जिप, कार र भ्यान गरि ४ हजार १५ ओटाबाट १४ लाख ३ हजार ३ सय रूपैंया त्यस्तै ६ हजार ९ सय ९९ ट्याक्टरबाट २१ लाख २० हजार ५ सय रूपैंया र ११ हजार ९ सय ३४ ओटा मोटरसाईकलबाट ४३ लाख २२ हजार, ७ सय रूपैंया असुली गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाको तथ्यांकमा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आ.व. ०७२/०७३ मा १९ ओटा ट्रक, १९ओटा बस, १५ ओटा जिप ७ ओटा ट्याक्टर, ८३ ओटा मोटरसाइकल, १७ ओटा शारिरीक शक्तिबाट चल्ने (साइकल, रिक्सा) सवारी गरि १६० ओटा दुर्घटनामा परि ४४ जना पुरूष ८ जना महिला, ५ जना बालक, २ जना बालिका गरि ५९ जनाको ज्यान गएको छ । भने ६४ जना पुरूष, १६ जना महिला ३ जना बालक २ जना बालिका गम्भीर घाइते भएका छन् भने २० जना पुरूष ३ जना महिला ३ जना बालक र १ जना बालिका सामान्य घाइते भएको कार्यालयका प्रहरी नायब निरिक्षक दामोदर मल्लले जानकारी दिएका छन् । बढ्दै गएको सवारी दुर्घटना प्रति उनी भन्छन् – ट्राफिक नियम उल्लंघन गरि ओभर लोड बोक्ने ट्रक, टिप्पर, क्षमता भन्दा बढी यात्रु बोक्ने बस तथा जिप र तीब्र गतिमा सवारी चलाउँदा दिनप्रतिदिन दुर्घटना बढेको हो । जिल्लामा भएका अवैध गाडि, ओभरलोड तथा क्षमता भन्दा बढी बोक्ने, तीब्रगतिमा गाडि चलाउने र ट्राफिक नियम विपरित पाकिंग गर्ने गाडिलाई तत्काल कारबाही गरिने गत असार २९ गते प्रहरी प्रधान कार्यालय कानुन शाखाबाट आएका प्रहरी नायब निरिक्षक दामोदर मल्लले बताएका छन् । अबैध रूपमा भारतीय नम्बरका भ्यान तथा जीपहरूले भारतीय सिमा नाका बेलहीयाबाट यात्रुहरू बोक्ने गरेकोले सीमा क्षेत्रबाट पूर्ण रूपमा हटाइएको र अबैध गाडिहरूले यात्रुहरू बोकेमा त्यस्ता गाडिलाई कडा कारवाही गरिने बताएका छन् । बिगतका दिनहरूमा ट्राफिकले गरेको अवैध असुलीलाई शुन्य सहनशीलताको नीति अबलम्बन गर्दै त्यस्ता प्रहरीलाई तल्काल कारवाही थालीने मल्लले जानकारी गराए । बिगतका दिनहरूमा भारतीय गाडिहरूले नेपालमा आई यात्रुहरू ओसार पसार गरेकोले अहिले त्यस्ता अबैध रूपमा नेपाल भित्रीएका गाडि बेलहीया नाका बाट हटाइएको बेलहीया ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायब निरिक्षक बिष्णु बहादुर कार्कीले गौतमबुद्ध सन्देशलाई जानकारी दिए । १ महिना अघि सरुवा भएर आएका कार्कील सीमा क्षेत्रमा विगतका दिनहरुमा भएका कमी कमजोरीहरुलाई निरकाकरण गर्न निरन्तर लाग्ने बताए । अव्यवस्थित रूपमा गरिएको पार्किङले दुर्घटना बढ्दै गएको भन्दै गएकोले सडक अतिक्रमण गरि सञ्चालन गरिएका ठेला तथा गाडि पाकिंगलाई हटाउने अभियान शुरू गरेको छ । जिल्लामा ट्राफिक नियम भन्दा विपरित पार्किङ गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या पर्नुका साथै दैनिक दुर्घटना बढेकोले पहिलो चरणमा भैरहवाको नयाँ सडक, आँखा अस्पताल, हाटबजार, बसन्त पथ, जेसिजचोकमा रहेको अस्तव्यस्त पार्किंक हटाइने छ । सिद्धार्थनगर नगरपालिकासँग समन्वय गरि उचित ठाउँमा पार्किंग व्यवस्था मिलाउने र यस क्षेत्रमा हुने गरेको सवारी दुर्घटना न्यूनिकरण गर्ने मल्लले बताए । बिद्यालयका गाडिहरूले आफ्नो क्षमता भन्दा बढी बिद्यार्थीहरू गाडिमा राखेर बोकेकोले छिट्टैनै रोटरी क्लबसँग मिलेर भैरहवा क्षेत्रका विद्यालयका गाडि चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना तालिम तत्काल दिने कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending