Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

तीन महिनामै सडक भत्कियो

[caption id=\"attachment_85267\" align=\"alignleft\" width=\"400\"]\"file file photo[/caption] पथरी (मोरङ), १४ साउन । विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएको विराटनगरको संयुक्त टोल समन्वय समितिका संयोजक राजेश मास्केले बताए । एडिबीको रु दुई अर्ब ४२ करोड अनुदानमा विराटनगरमा एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत कालिका कन्ट्रक्सनले उक्त सडक निर्माण गरेको थियो । सडक भत्किदै गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् । विराटनगर उपमहानगरपालिकाले राम्रोसँग सुपरिवेक्षण नगरेको भन्दै स्थानीयबासिन्दाले आलोचना गरेका छन् । उपमहानगरपालिका क्षेत्रको ढल र पानी निकासका लागि सुरु गरिएको उक्त परियोजनाअन्तर्गत पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको तीन किलोमिटर सडक, नगरक्षेत्रका मुख्य सडक क्षेत्रमा नाला तथा ढल निर्माण, जतुवा र रानीमा ढलको पानी प्रशोधन गर्ने केन्द्र निर्माणलगायत कामहरु भइरहेका छन् । नगरका विभिन्न भागमा राखिएका ह्युम पाइप भासिएका छन् भने कतिपय स्थानमा सडक भत्कन थालेका छन । एडिबीको ऋण सहयोगमा नेपाल सरकार र विराटनगर उपमहानगरपालिकाको आन्तरिक स्रोतसमेत गरी परियोजनाअन्तर्गत ६५ किमी सडक सुधार, ६२ किमीमा ढल निर्माण र ३२ किमी नाला निर्माण गरिँदैछ । सहरी विकास महाशाखा प्रमुख भरत न्यौपानेले केही प्राविधिक त्रुटि भएकाकारण सडक भत्किन पुगेको बताए । तीन महिना अघिमात्र २५ एमएमको कालोपत्र गरिएको पुष्पलालचोक–भट्टाचोक झन्डै चार किमी सडकका दर्जनौँ स्थानमा प्वाल परेको, भासिएको पाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: