Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सरकार परिवर्तन जस्तो आन्तरिक लोकतन्त्रको कुरामा बाह्य शक्ति जोडिनु  दुः खदः  भट्टराई

\"baburam-bhattarai\"सुर्खेत, १३ साउन । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनमा बह्य शक्ति केन्द्रको नाम जोडिनु अत्यन्त दुः खद कुरा भएको बताएका छन् । विहीबार सुर्खेतमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार परिवर्तनलाई नितान्त आन्तरिक लोकतन्त्रको कुरा भएको बताए । ‘सरकार परिवर्तनको कुरा आन्तरिक लोकतन्त्रको कुरा हो, उनले भने , यसमा बाह्य शक्तिको नाम जोडिनु अत्यन्त दुःखद कुरा हो । यसका सम्बन्धमा सम्बन्धित पक्षहरुले, सरकार बनाउन लागेका दल र नेताहरुले सत्यतथ्य जनतालाई सुसूचित गर्नुपर्नेमा उनले जोड दिए । उनले आफूलाई पनि अराष्ट्रवादीको आरोप लगाउने गरिएको भन्दै त्यस्तो आरोप लगाउनेहरुलाई ‘नीलवर्ण स्याल’ को संज्ञा दिए । पत्रकार भेटघाटमा नीलवर्ण स्यालको कथा सुनाउँदै उनले भने, निलो रंगमा डुबेर नीलो भएको स्यालले आफूलाई जंगलको राजा भएको बताएर अरुलाई दुस्ख दिने गर्दथ्यो र पछि अरु स्याल कराउँदा नीलो स्याल पनि सँगै कराएपछि ऊ पनि स्याल भएको पत्ता लागेको थियो । ’ उनले आफूलाई मात्रै राष्ट्रवादी भएको बताउनेहरु पनि ‘नीलवर्ण स्याल ’ भएको बताए । उनले अहिलेको व्यवस्थाले देशलाई समृद्ध बनाउन नसक्ने भन्दै देशको विविधता सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय प्रणालीमा जानुपर्ने धारणा राखे । यसका लागि संविधान संशोधन गर्न नयाँ शक्ति नेपालले अभियान चालाउने बताउँदै उनले भने , ‘नेपाली जनतको माग पनि यहि हो हामी जनतको मागलाई अगाडी बढाउँछौ । ’ संयोजक भट्टराईले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल उद्धार र पुनःस्थापनको काममा लाग्न सरकारलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: