Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

भारतले बाँधेको बाँध भत्काइदिने विप्लवको चेतावनी

\"biplab\"काठमाडौं, १३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतले बाँधेको बाँधका कारण तराइ डुबानमा परेको आरोप लगाएको छ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विहीबार विज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् । भारतले अन्तर्राष्ट्रिय मान्यता विपरित नेपालको सीमा नजिकबाट बाँधको काम गर्ने गरी बनाएको ८ मिटर अग्लो पक्कि बाटोको कारण तराईका भूभागहरु डुबानमा परेको भन्दै उनले त्यसका विरुद्ध संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् । उनले केही दिनयता परेको अविरल वर्षापछि तराईमा भएको डुबानको मुख्य कारण नै भारतले भारतले बाँधेको बाँध भएको भन्दै तत्काल कुटनीतिक पहल गरी खोल्न सरकारसँग माग गरेका छन् । ‘तराईमा भारतले निर्माण गरेको बाटो र बाँधका कारणले भएको डुवानको समस्यालाई समाधान गर्न कुटनैतिक पहल गरी पानी खोल्ने व्यवस्था गरियोस् । अन्यथा जनताले संघर्षको बाटो अपनाउनु पर्नेछ,’– विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतले एकलौटी रुपमा १४ वटा बाँध र तटबन्धहरु निमार्ण गरेको देखिएको विप्लव माओवादीले जनाएको छ । विप्लवले बाढीपहिरो र डुवानबाट क्षति बेहोरेका जनतालाई यथाशिघ्र खाना, कपडालत्ता, बासको व्यवस्था गरियोस् भने, घाइते नागरिकहरुको छिटोभन्दाछिटो निशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । विप्लले देशभरका आफ्ना पार्टी कार्यकर्ताहरुलाई बाढीपीडितको राहतमा जुट्न पनि निर्देशन दिएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण अहिलेसम्म ८३ जनाको मृत्यु भइसकेको छ । प्युठानमा गएको पहिरोमा परि माओवादी नेता हरिबहादुर केसीको पनि मृत्यु भएको भन्दै विप्लवले समवेदना ब्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: