Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बाढीका कारण म्याग्दीको फूलबारीमा छ घर विस्थापित

\"badi\"म्याग्दी , १३ साउन । कटानका कारण म्याग्दीको ओखरबोट–१ मा पर्ने फूलबारीमा छ घरपरिवार विस्थापित भएका छन् । रितुङ खोलामा आएको बाढीले कटान गर्न थालेपछि रितुङ खोलाको किनारमा रहेको सो गाउँका थप ४५ घरधुरी जोखिममा परेका छन् । लालमान रसाइली, बेलकुमारी पुन, चुडामणि सापकोटा, मानसिङ सापकोटा, डमप्रकाश बस्याल र दलबहादुर पुनको परिवार विस्थापित भएका स्थानीयवासी समेत रहेका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सदस्य मोतिराज गौतमले जानकारी दिए । नदीको धार बस्तीतर्फ बढेको कारणले उच्च जोखिम रहेको हुँदा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घरका सामग्री सुरक्षित स्थानमा सारेका छन् । बाढीले कटान गरेर भत्काउने र क्षति गर्ने अवस्थामा रहेका घर भत्काएर काठपातसमेत अन्यत्र लगिएको हो । विस्थापित आफन्तकहाँ आश्रय लिएर बसेका छन् । खोलाले बस्तीतर्फ धार परिवर्तन गरेकाले वर्षा नरोकिएसम्म तत्काल नियन्त्रणको प्रयास सम्भव नरहेको जनाइएको छ । कटानका कारण फूलबारीका थप करिब ४५ घर पनि त्रसित भएका छन् भने सुरक्षित ठाउँमा गएर रात कटाउने गरेका छन् । रितुङ खोलामा ४३ वर्षयताकै ठूलो बाढी आएको स्थानीय बासिन्दाको भनाइ छ । जिविस, भूसंरक्षण कार्यालय र रेडक्रसको सहयोगमा नदी किनारमा लगाइएको तटबन्ध बाढीले बगाएको छ । सयौं रोपनी खेतीयोग्य जमिन पनि कटानको चपेटामा परेको छ । विस्थापितको बसोबास र कटान नियन्त्रणका लागि पहल भइरहेको प्रजिअ केशवराज आचार्यले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: