Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बाढीपहिरोले देशभर विनास : ८३ को मृत्यु, दुई दर्जन बढी वेपत्ता

\"badhipahiro\"काठमाडौँ, १३ साउन । गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्म मुलुकभर ६६ को मृत्यु, ३१ घाइते र १५ जना बेपत्ता भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पहिरोका कारण ७६ वटा घर पूर्णरुपमा र दुईवटा घरमा आंशिक रुपमा क्षति पुगेको छ ।

प्यूठानमा ३७, गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पा र रोल्पामा ४/४, मकवानपुरमा ३, अर्घाखाँचीमा २, झापामा २, रुपन्देहीमा २, किपलवस्तु ३, काठमाडौँ, दोलखा, सर्लाही, पर्वत र बारा र बाँकेमा १/१  जनाको मृत्यु भएको छ ।

प्राकृतिक विपदमै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बाग्लुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रुपन्देहीमा एक÷एकजना घाइते भएका छन् ।

यसैगरी, प्यूठानमा पाँच, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई र सुनसरी, सप्तरी, झापा, दाङ, कास्की र कपिलवस्तुमा एक÷एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

घटनाको जानकारी आउनासाथ सुरक्षा निकायका इकाई र जिल्ला सदरमुकामबाट समेत प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको मन्त्रालयले जानकारी दिएको छ । पहिरोमा परी घाइते भएकी बाग्लुङ राजकुट गाविस–७ की गर्भवती सुशीला तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो ।

डुबानबाट प्रभावित र जोखिममा रहेको बाँकेका राप्ती नदीे तटीय क्षेत्रका ५०६ जना व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टर र ३९३ जनालाई डुङ्गाबाट उद्धार गरी सुरक्षित स्थान सारिएको र सुनसरीका ३८५ परिवारलाई राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको पनि मन्त्रालयले जानकारी दिएको छ । रासस

(तस्वीरमा नारायणी नदीको बाढी । तस्वीर: रञ्जन अग्रवाल )

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: