Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पहिरोले उद्योग पुरिँदा एकको मृत्यु, आठ घाइते

\"parbat\"पर्वत, १२ साउन । पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पुरिएर १२ वर्षीया अङ्किता तामाङको ज्यान गएको हो । पहिरोले पुरिएर घाइते भएकी तामाङको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । पहिरोमा परेर घाइते भएका ३२ वर्षीय सुवास थापा, १२ वर्षीया कृष्टि घले, १६ वर्षीया सुस्मिता तामाङ, ११ वर्षीय अजय तामाङ, ३२ वर्षीया फुलकुमारी तामाङ, २८ वर्षीया सविना घले, ३ वर्षीय विजय घले र २० वर्षीय प्रेम तामाङको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । मङ्गलबार राती १ बजेको समयमा पहिरो खस्दा उद्योगमा सुतिरहेका उनीहरुको भागाभाग भएको थियो । त्यहाँ रहेका चारजना भने सकुशल रहेका छन् । घाइतेको प्रहरीका साथै पर्वत बेनी र बेनीको कालीपुल क्षेत्रका बासिन्दाले उद्धार गरेर अस्पतालमा पु¥याएका थिए । पहिरोले पुराना कपडालाई प्रयोग गरेर सिरक, डसनालगायत बनाउँदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चापदार्थ नष्ट भएको छ । करिब १५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । बेनीको कालीपुल हुँदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: