Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बाढी र पहिरोले बिभिन्न जिल्लामा ३९ जनाको मृत्यु, ५० वेपत्ता

\"Rapti-ko-Badhi\"

काठमाडौं, १२ साउन । बाढी र पहिरोका कारण बिभिन्न जिल्लामा ३९ जनाको मृत्यु भएको छ भने ५० जना वेपत्ता भएका छन् ।

बाढी र पहिरोले सबैभन्दा धेरै क्षति प्युठान जिल्लामा भएको छ । प्युठानमा १७ जनाको मृत्यु भएको भने २० जना वेपत्ता भएका छन् । तर प्रहरीले पनि १४ जनाको शव फेला परेको जनाएको छ । प्युठानमा पहिरोमा पुरिएकाहरुको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्युठान जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले पहिरोले पुरिएका घरहरुबाट नौं जनाको शव निकालिएको र नदी तथा खोलामा चार जनाको शव फेला परेको बताए ।

प्युठानपछि धेरै क्षति गुल्मी जिल्लामा भएको छ । गुल्मीमा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । हस्तीचौर गाविसमा तीन तथा बिसुखर्क र वाङदी गाविसमा दुई–दुई जनाको मृत्यु भएको हो ।

यसैगरी पाल्पामा चार जनाको मृत्यु भएको छ । गोठादी गाविसमा तीन र दोभान गाविसमा एक गरी चार जनाको मृत्यु भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिए ।

बाग्लुङ जिल्लामा पनि पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले हस्तीचौर गाविसमा तीन, बिसुखर्क गाविसमा दुई र वाङदी गाविसमा दुई गरी सात जनाको पहिरोमा पुरिएर मृत्यु भएको जानकारी दिए ।

मकवानपुरको भिमफेदीमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा दुई तथा काठमाडौं, अर्घाखाँची, दोलखा, बाग्लुङ, सर्लाही जिल्ला र रोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षा तथा बाढीले झापा, सर्लाही, सुनसरी, विराटनगर, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका स्थानका बस्ती डुबानमा पर्दा स्थानीयबासीको बिचल्ली भएको छ ।

कोशी, नारायणी, कालीगण्डकी, राप्ती, बबई र महाकाली नदीमा बाढीको बहाव उच्च भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: