Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बाढी र पहिरोले बिभिन्न जिल्लामा ३९ जनाको मृत्यु, ५० वेपत्ता

\"Rapti-ko-Badhi\"

काठमाडौं, १२ साउन । बाढी र पहिरोका कारण बिभिन्न जिल्लामा ३९ जनाको मृत्यु भएको छ भने ५० जना वेपत्ता भएका छन् ।

बाढी र पहिरोले सबैभन्दा धेरै क्षति प्युठान जिल्लामा भएको छ । प्युठानमा १७ जनाको मृत्यु भएको भने २० जना वेपत्ता भएका छन् । तर प्रहरीले पनि १४ जनाको शव फेला परेको जनाएको छ । प्युठानमा पहिरोमा पुरिएकाहरुको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्युठान जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले पहिरोले पुरिएका घरहरुबाट नौं जनाको शव निकालिएको र नदी तथा खोलामा चार जनाको शव फेला परेको बताए ।

प्युठानपछि धेरै क्षति गुल्मी जिल्लामा भएको छ । गुल्मीमा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । हस्तीचौर गाविसमा तीन तथा बिसुखर्क र वाङदी गाविसमा दुई–दुई जनाको मृत्यु भएको हो ।

यसैगरी पाल्पामा चार जनाको मृत्यु भएको छ । गोठादी गाविसमा तीन र दोभान गाविसमा एक गरी चार जनाको मृत्यु भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिए ।

बाग्लुङ जिल्लामा पनि पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले हस्तीचौर गाविसमा तीन, बिसुखर्क गाविसमा दुई र वाङदी गाविसमा दुई गरी सात जनाको पहिरोमा पुरिएर मृत्यु भएको जानकारी दिए ।

मकवानपुरको भिमफेदीमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा दुई तथा काठमाडौं, अर्घाखाँची, दोलखा, बाग्लुङ, सर्लाही जिल्ला र रोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षा तथा बाढीले झापा, सर्लाही, सुनसरी, विराटनगर, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका स्थानका बस्ती डुबानमा पर्दा स्थानीयबासीको बिचल्ली भएको छ ।

कोशी, नारायणी, कालीगण्डकी, राप्ती, बबई र महाकाली नदीमा बाढीको बहाव उच्च भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending