Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

प्युठानमा बाढी पहिरोका कारण पाँच जना वेपत्ता , ४ मृत फेला

\"badi\"प्युठान, ११ साउन । गएराति परेको अबिरल वर्षाका कारण प्युठन जिल्लाका बिभिन्न स्थानमा बाढी पहिरो गएपछि जनजिवन प्रभावित भएको छ । जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षिया श्रृमती शोभा रिजालको मृत्यु भएको छ । । बहाने कै सिमबुटामा धोज बहादुर पुनको घर पहिरोले पुरिदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षिया काली परियार,११ बर्षिया किरण थापा र अन्य २ जना पुरिएका छन । पुनको २८ बर्षिया छोरी पबित्रालाइ भने सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । जिल्ला प्रहरिका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन । हालसम्म ४ ओटा शब झिमरुक नदि किनारमा फेला परेका छन। जिल्लाका दर्जनौं स्थानका बस्तीहरु उच्च जोखिममा छन् । झिमरुक ड्याम साइड रम्दीमा झिमरुक खोलाले बगाएर २ वटा शव भेटिएको छ। लगातारको पानी र खोला ठूलो भएका कारण शव निकाल्न नसकिएको स्थानियले बताए । विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिकाको भवन नजिकै पनि अर्का १ जनाको मृत शव खोलाले बगाएर ल्याएको छ। अन्दाजी ४५ वर्षीय पुरुषको शव रहेको र उनको पनि सनाखत हुन सकेको छैन। त्यस्तै प्यूठानको बाग्दुला पुल नजिकै अन्दाजी १२ वर्षकी एक बालिका पनि मृत फेला परेकी छन्। बाढी पहिरोले बिनासै बिनास भारी बर्षातका कारण गएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउमा ठुलो क्षती पुर्याएको छ।बाढी र पहिरोको सन्त्रासमा प्यूठानका थुप्रै गाँउका मानिसहरुले रातभर जाग्राम बसेर रात कटाएका छन् । प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन्। स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गरिरहेको छ। स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए। स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ। पहिरोका कारण अर्खा गाविस वडा नं ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । तर अहिले सम्म मानविवय क्षतिको खबर भने न आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। जोखिम क्षेत्रमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयले जनशक्ती परिचालन गरेको प्रहरी प्रमुख रन्जित सिह राठौरले बताए । त्यसै गरि ढुङ्गेगदी ३ बड्डाडा बजारमा रहेको खानेपानीको ट्याङ्की पहिरोकोउच्च जोखिममा छ ।५ वर्ष अघि जिल्ला खानेपानीको १३ लाख रुपैया र स्थानियको श्रमदानमा निर्माण गरिएको ट्याङ्की पहिरोको जोखिममा रहेको छ । उक्त सेफ्टी ट्याङ्किबाट बजारका झन्डै १ सय ५० घरधुरिले खानेपानीको सुबिधा लिदै आएको खानेपानी ब्याबस्थापन समितिका अध्यक्ष गोपिलाल उपाध्यायले जानकारी दिए । जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन्।बाढी र वर्षाका कारण ग्रामिण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन्। झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ । नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । रजवारा गाविसमा स्थानीयले आफैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए । अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ । सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए । जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending