Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यसकारण पत्याएन भारतले ओलीलाई

\"oli-3-750\" टिप्पणी काठमाडौं, १० साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि दक्षिणी छिमेकी मुलुक भारत निकै खुशी भएको संकेत भारतीय छापाहरुले नै दिए । केपी शर्मा ओली जतिबेला प्रधानमन्त्रीमा निर्वाचित भएका थिए, त्यतिबेला भारतले अघोषित ढंगले नाकाबन्दी गरिसकेको थियो । भारतले गरेको नाकाबन्दीका विरुद्ध आम नेपालीहरुले भारतको चर्को विरोध गरे । भारतीय पक्षबाट नेपाल सदैव हेपिदै आएको छ । भारतीय हेपाहा प्रवृत्तिका कारण नेपालीले पटक पटक क्षति ब्यहोर्दै आएका छन् । तर पनि छिमेकी मुलुक भएकै कारण भारतप्रति नेपालीको श्रद्धाभाव कायम रहनु जायज थियो । त्यसैले नेपालीहरुले लामो समयदेखि भारतीय रबैयाको चुपचाप सहनुबाहेक अरु विकल्प रहेन । तर अहिले समय बदलिएको छ, सूचना सञ्चार तथा प्रविधिको विकासका कारण पछिल्लो पुस्ताका नेपालीहरु एक कदम अगाडि छन् । त्यसैले पछिल्लो पटक भारतले गरेको नाकाबन्दीको नेपाली युवाहरुले खुलेर विरोध गरे, बरु राजनीतिक दलहरुले नाकाबन्दी भन्न सकेनन् । नेपाली नागरिकहरुको भारतप्रतिको भावना खासगरी युवापंक्ति नकारात्मक बन्दै गयो । जुन कुरा भारतले पनि राम्रैसँग बुझेको थियो । नेपाली जनताहरुको भारतप्रतिको द्वेष हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै न कुनै उपाय खोजी रहेका थिए । भारतसँगको तिक्तता नहटाएसम्म समस्या नसुल्झने भन्दै प्रधानमन्त्री ओलीले परराष्ट्रपति कमल थापालाई बारम्बार दिल्ली पठाए । ओलीको चाहनालाई बुझेर नै मोदीले ओलीलाई भारत भ्रमणको निम्तो पठाए । आफ्नो पहिलो भ्रमण चीन हुने चर्चा चलाएका ओली आम नेपालीको चाहनाविपरित दिल्ली भ्रमणमा दौडिए । ओलीलाई रातो कार्पेट बिछ्याएर मोदीले राजकीय सम्मान दिए । यद्यपी प्रधानमन्त्री ओलीले भारत भ्रमणकाबेला विवादस्पद कुनै पनि सम्झौता गरेनन्, जो सकारात्मक पक्ष हो । भारतसँग सम्बन्ध गाँस्न चाहेपनि उनको उखान टुक्काको आदतकै कारण भनेजस्तो सम्बन्ध स्थापित हुन सकेन । उखान टुक्का मात्रै गर्ने ओलीलाई नेपाली जनताले विश्वास गर्न छाडेपछि भारतले पत्याउने कुरै थिएन । त्यसैले ओलीलाई भारतले नपत्याएपछि उनी भारतविरोधी जस्ता देखिए । आज त्यसैको परिणामस्वरुप आफू भारतको विरोध गर्ने निडर नेता रुपमा ओलीले आफ्नै भजन गाउँदै हिडेका छन् । प्रधानमन्त्री ओलीले देशको आधा भन्दा बढी जनसंख्या ओगटेको मधेसलाई भने आफ्नो कार्यकालमा पूरै बेवास्ता गरे । मधेस आन्दोलनको मर्मलाई नबुझेर केबल भारतीयहरुको आन्दोलन भन्दै अफवाह मात्र गरेनन्, मधेसी जनता मारिँदा दुई चार वटा आँप झरेको भन्दै पीडामाथि नूनचुक छर्ने काम गरे । राष्ट्रप्रति चिन्तित र भारतसँग नझुक्ने नेता भनी आम युवा पंक्तिले हाइहाइ गरेपनि हावादारी कुरा गर्ने र भारतसँग नै झुक्न गएपछि ओलीको खोक्रो राष्ट्रवाद मात्रै रहेछ भन्ने कुरा बुझ्न धेरै समय लागेन । ओलीलाई प्रधानमन्त्री बनाउने बेला काँध थापेको तत्कालिन एनेकपा माओवादीले समेत नपत्याएका ओलीको बर्हिगमनमा सिंङ्गो मधेस खुशी हुनु स्वभाविक थियो । अझै पनि मधेसी, जनजाति तथा उत्पीडित समुदायको माग पूरा भएको छैन तर पनि ओलीको बर्हिगमनपछि आफूहरुको माग सुन्ने कोही आउँछ भन्ने विश्वास त्यो समुदायमा भएको देखिन्छ । त्यो विश्वास अब बन्ने सरकारले पूरा गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies