Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यसकारण पत्याएन भारतले ओलीलाई

\"oli-3-750\" टिप्पणी काठमाडौं, १० साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि दक्षिणी छिमेकी मुलुक भारत निकै खुशी भएको संकेत भारतीय छापाहरुले नै दिए । केपी शर्मा ओली जतिबेला प्रधानमन्त्रीमा निर्वाचित भएका थिए, त्यतिबेला भारतले अघोषित ढंगले नाकाबन्दी गरिसकेको थियो । भारतले गरेको नाकाबन्दीका विरुद्ध आम नेपालीहरुले भारतको चर्को विरोध गरे । भारतीय पक्षबाट नेपाल सदैव हेपिदै आएको छ । भारतीय हेपाहा प्रवृत्तिका कारण नेपालीले पटक पटक क्षति ब्यहोर्दै आएका छन् । तर पनि छिमेकी मुलुक भएकै कारण भारतप्रति नेपालीको श्रद्धाभाव कायम रहनु जायज थियो । त्यसैले नेपालीहरुले लामो समयदेखि भारतीय रबैयाको चुपचाप सहनुबाहेक अरु विकल्प रहेन । तर अहिले समय बदलिएको छ, सूचना सञ्चार तथा प्रविधिको विकासका कारण पछिल्लो पुस्ताका नेपालीहरु एक कदम अगाडि छन् । त्यसैले पछिल्लो पटक भारतले गरेको नाकाबन्दीको नेपाली युवाहरुले खुलेर विरोध गरे, बरु राजनीतिक दलहरुले नाकाबन्दी भन्न सकेनन् । नेपाली नागरिकहरुको भारतप्रतिको भावना खासगरी युवापंक्ति नकारात्मक बन्दै गयो । जुन कुरा भारतले पनि राम्रैसँग बुझेको थियो । नेपाली जनताहरुको भारतप्रतिको द्वेष हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै न कुनै उपाय खोजी रहेका थिए । भारतसँगको तिक्तता नहटाएसम्म समस्या नसुल्झने भन्दै प्रधानमन्त्री ओलीले परराष्ट्रपति कमल थापालाई बारम्बार दिल्ली पठाए । ओलीको चाहनालाई बुझेर नै मोदीले ओलीलाई भारत भ्रमणको निम्तो पठाए । आफ्नो पहिलो भ्रमण चीन हुने चर्चा चलाएका ओली आम नेपालीको चाहनाविपरित दिल्ली भ्रमणमा दौडिए । ओलीलाई रातो कार्पेट बिछ्याएर मोदीले राजकीय सम्मान दिए । यद्यपी प्रधानमन्त्री ओलीले भारत भ्रमणकाबेला विवादस्पद कुनै पनि सम्झौता गरेनन्, जो सकारात्मक पक्ष हो । भारतसँग सम्बन्ध गाँस्न चाहेपनि उनको उखान टुक्काको आदतकै कारण भनेजस्तो सम्बन्ध स्थापित हुन सकेन । उखान टुक्का मात्रै गर्ने ओलीलाई नेपाली जनताले विश्वास गर्न छाडेपछि भारतले पत्याउने कुरै थिएन । त्यसैले ओलीलाई भारतले नपत्याएपछि उनी भारतविरोधी जस्ता देखिए । आज त्यसैको परिणामस्वरुप आफू भारतको विरोध गर्ने निडर नेता रुपमा ओलीले आफ्नै भजन गाउँदै हिडेका छन् । प्रधानमन्त्री ओलीले देशको आधा भन्दा बढी जनसंख्या ओगटेको मधेसलाई भने आफ्नो कार्यकालमा पूरै बेवास्ता गरे । मधेस आन्दोलनको मर्मलाई नबुझेर केबल भारतीयहरुको आन्दोलन भन्दै अफवाह मात्र गरेनन्, मधेसी जनता मारिँदा दुई चार वटा आँप झरेको भन्दै पीडामाथि नूनचुक छर्ने काम गरे । राष्ट्रप्रति चिन्तित र भारतसँग नझुक्ने नेता भनी आम युवा पंक्तिले हाइहाइ गरेपनि हावादारी कुरा गर्ने र भारतसँग नै झुक्न गएपछि ओलीको खोक्रो राष्ट्रवाद मात्रै रहेछ भन्ने कुरा बुझ्न धेरै समय लागेन । ओलीलाई प्रधानमन्त्री बनाउने बेला काँध थापेको तत्कालिन एनेकपा माओवादीले समेत नपत्याएका ओलीको बर्हिगमनमा सिंङ्गो मधेस खुशी हुनु स्वभाविक थियो । अझै पनि मधेसी, जनजाति तथा उत्पीडित समुदायको माग पूरा भएको छैन तर पनि ओलीको बर्हिगमनपछि आफूहरुको माग सुन्ने कोही आउँछ भन्ने विश्वास त्यो समुदायमा भएको देखिन्छ । त्यो विश्वास अब बन्ने सरकारले पूरा गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: