Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नेविसङ्घको महाधिवेशन तोकिएकै मितिमा गर्न निर्देशक समिति गठन

\"nebisangha\"काठमाडौँ, १० साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले पाँच सदस्यीय निर्देशन समिति गठन भएको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संघको तदर्थ समितिलाई सहयोग गरी महाधिवेशन गर्न ‘नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको विधान, २०१७ ९संशोधन र परिमार्जित०को धारा २४ ९६० बमोजिम पार्टीका केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन् । विसं २०६४ मा दुई काँग्रेसबीच एकीकरण भएपछि सङ्घको महाधिवेशन हुन सकेको छैन । एघारौँ महाधिवेशनका लागि साउन २३ देखि २५ को मिति तय भएको छ । “सभापति देउवाले निर्देशन समितिलाई कुनै पनि बहानामा महाधिवेशन नरोक्न निर्देशन दिएका छन् ” – मुख्यसचिव पौडेलले भने । सङ्घको ११ जिल्ला र केही निजी क्याम्पसमा विवाद रहेकाले त्यसलाई समाधान गरेर महाधिवेशन गरिने समिति सदस्य गुरुराज घिमिरेले बताउनुभयो । “महाधिवेशनको तयारीका लागि ८५ प्रतिशत काम सकिएको छ, सिराहा, धनुषा, रुपन्देही, कञ्चनपुरलगायत जिल्ला र केही क्याम्पसका समस्या समाधान गरी साउनमै महाधिवेशन सम्पन्न गछौँ” – उनले भने । महाधिवेशन काठमाडौँमा गरिने भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: