Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नुनको मूल्य प्रतिकिलो रु १५० नाघ्यो !

\"salt\"गोरखा, १० साउन । जिल्लाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ । सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा खच्चडमा गरिने ढुवानी बन्द हुन्छ । नुन, तेल, खुर्सानीको भाउ महँगिएपछि स्थानीयवासी मर्कामा परेका छन् । थुमी गाविसको सोतिबजारबाट खच्चडले सात दिन लगाएर तिब्बतसँग सिमाना जोडिएको सामागाउँ गाविस पु¥याएको नुन प्रतिकिलो रु १५० मा बिक्री भइरहेको स्थानीय शिक्षक वीरबहादुर लामाले जानकारी दिए । “एक किलो सामान ढुवानी गर्दा रु ८०÷९० पर्छ,” उनले भने– “भूकम्पपछि राहत र निर्माण सामग्री ढुवानी गर्न भ्याइनभ्याइ छ । भने जति पैसा पाएपछि खच्चड व्यवसायीले खाद्यान्नको सट्टा निर्माण सामग्री ढुवानीलाई प्राथमिकता दिएका छन् ।” आयोडिनयुक्त नुनको मूल्य रु १५० नाघेपछि स्थानीयवासीले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्न थालेका छन् । ढिके नुनमा आयोडिनको मात्रा कम हुने भएकाले गलगाँडलगायतका विभिन्न रोग लाग्नसक्ने जोखिम हुन्छ । “चौँरीलाई खुवाउन ल्याएको नुन मान्छेले खान थाले”, लामाले भने। स्थानीय बजारमा आयोडिनयुक्त नुनको अभाव भएको छ । थुमीको सोतिबजारदेखि माछाखोला, सिर्दिवास हुँदै सामागाउँसम्म बर्खा लागेपछि खच्चड सञ्चालन भएको छैन । उत्तरी क्षेत्रमा सञ्चालित एक हजार ३०० बढी खच्चडले काम पाएका छैनन् । ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौँजा, काशीगाउँलगायत गाविसमा पनि नुन, तेल, चामलको अभाव भएको छ । पहिरोले मनास्लु पदमार्ग अवरुद्ध गरेको, उर्लेको बूढीगण्डकीको भेलले चुम्चेत–१ लोक्पा सर्दीखोलामा बाटो बगाउँदा दैनिक उपभोग्य सामग्रीको अभाव चुलिँदै गएको छ । गत वर्षको बर्खामा खच्चड सञ्चालन नहुँदा स्थानीयले राहत सामग्री उपभोग गर्नुपरेको थियो । नेपाल खाद्य संस्थानले माछाखोला र सिर्दिवास डिपोमा कोटाअनुसार क्रमशः दुई हजार र तीन हजार क्विन्टल खाद्यान्न ढुवानी नगर्दा उत्तरी भेगमा खाद्य सङ्कट भएको हो । एक बोरा ९३० किलो० चामललाई रु चार हजार ५०० पर्छ । “थोरै कमाई हुनेलाई भात खान मुस्किल पर्छ,” शिक्षकले लामाले भने । गाउँदेखि माछाखोला आवतजावत गर्ने बाटो पहिरोले अवरुद्ध भएपछि केरौँजावासीलाई समेत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । केरौँजागाउँबाट रुन्चेत झर्ने बाटोमा ठूलो पहिरो गएको छ । त्यहाँ आधा घन्टाको बाटो पार गर्न तीन घन्टा लाग्ने गरेको केरौँजा–५ रुन्चेतका धनप्रसाद गुरुङले बताए । केरौँजामा प्रतिकिलो नुनको मूल्य रु ४५ पर्छ भने सोना मन्सुली चामलको मूल्य प्रतिबोरा दुई हजार ५०० पर्छ । “एक महिनादेखि खाद्य सामग्री ढुवानी ठप्प छ । गाउँका पसल रित्तिएका छन्,” गुरुङले भने । नुन किन्न बजार झर्न सक्ने अवस्था छैन । पुनःर्निर्माणका लागि अनुदान रकमको पहिलो किस्ता लिन आरुघाट बजारस्थित बैंकमा जानसक्ने अवस्था नरहेको भन्दै उनले दुर्गम भेगका लागि गाउँमै अनुदान बाँड्ने व्यवस्था सरकारले मिलाउनुपर्ने माग गरे । खच्चड व्यवसायी सङ्घका अध्यक्ष धनकुमार गुरुङले ढुङ्गा खसेर खच्चड घाइते हुनथालेपछि स्थानीय प्रशासनको आग्रहमा बर्खाका लागि खच्चड सञ्चालनमा रोक लगाउनुपरेको बताए । भूकम्पले भत्काएका बाटो मर्मत नभएको र यस बर्खाले झन् बिगारेको भन्दै बाटो निर्माण गर्न सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए । मनास्लु पदमार्गको सोतिबजारदेखि सामागाउँ र चुम्चेतको सर्दीखोलामा बिग्रेको बाटो मर्मत गर्न लाखौँ रकम आवश्यक पर्ने गुरुङको भनाइ छ । बाटो सहज भएर खच्चडले नियमित खाद्यान्नलगायत सामग्रीको ढुवानी नगर्दासम्म उत्तरी भेगमा उपभोग्य सामग्रीको मूल्य नघट्ने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: