Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

नुनको मूल्य प्रतिकिलो रु १५० नाघ्यो !

\"salt\"गोरखा, १० साउन । जिल्लाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ । सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा खच्चडमा गरिने ढुवानी बन्द हुन्छ । नुन, तेल, खुर्सानीको भाउ महँगिएपछि स्थानीयवासी मर्कामा परेका छन् । थुमी गाविसको सोतिबजारबाट खच्चडले सात दिन लगाएर तिब्बतसँग सिमाना जोडिएको सामागाउँ गाविस पु¥याएको नुन प्रतिकिलो रु १५० मा बिक्री भइरहेको स्थानीय शिक्षक वीरबहादुर लामाले जानकारी दिए । “एक किलो सामान ढुवानी गर्दा रु ८०÷९० पर्छ,” उनले भने– “भूकम्पपछि राहत र निर्माण सामग्री ढुवानी गर्न भ्याइनभ्याइ छ । भने जति पैसा पाएपछि खच्चड व्यवसायीले खाद्यान्नको सट्टा निर्माण सामग्री ढुवानीलाई प्राथमिकता दिएका छन् ।” आयोडिनयुक्त नुनको मूल्य रु १५० नाघेपछि स्थानीयवासीले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्न थालेका छन् । ढिके नुनमा आयोडिनको मात्रा कम हुने भएकाले गलगाँडलगायतका विभिन्न रोग लाग्नसक्ने जोखिम हुन्छ । “चौँरीलाई खुवाउन ल्याएको नुन मान्छेले खान थाले”, लामाले भने। स्थानीय बजारमा आयोडिनयुक्त नुनको अभाव भएको छ । थुमीको सोतिबजारदेखि माछाखोला, सिर्दिवास हुँदै सामागाउँसम्म बर्खा लागेपछि खच्चड सञ्चालन भएको छैन । उत्तरी क्षेत्रमा सञ्चालित एक हजार ३०० बढी खच्चडले काम पाएका छैनन् । ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौँजा, काशीगाउँलगायत गाविसमा पनि नुन, तेल, चामलको अभाव भएको छ । पहिरोले मनास्लु पदमार्ग अवरुद्ध गरेको, उर्लेको बूढीगण्डकीको भेलले चुम्चेत–१ लोक्पा सर्दीखोलामा बाटो बगाउँदा दैनिक उपभोग्य सामग्रीको अभाव चुलिँदै गएको छ । गत वर्षको बर्खामा खच्चड सञ्चालन नहुँदा स्थानीयले राहत सामग्री उपभोग गर्नुपरेको थियो । नेपाल खाद्य संस्थानले माछाखोला र सिर्दिवास डिपोमा कोटाअनुसार क्रमशः दुई हजार र तीन हजार क्विन्टल खाद्यान्न ढुवानी नगर्दा उत्तरी भेगमा खाद्य सङ्कट भएको हो । एक बोरा ९३० किलो० चामललाई रु चार हजार ५०० पर्छ । “थोरै कमाई हुनेलाई भात खान मुस्किल पर्छ,” शिक्षकले लामाले भने । गाउँदेखि माछाखोला आवतजावत गर्ने बाटो पहिरोले अवरुद्ध भएपछि केरौँजावासीलाई समेत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । केरौँजागाउँबाट रुन्चेत झर्ने बाटोमा ठूलो पहिरो गएको छ । त्यहाँ आधा घन्टाको बाटो पार गर्न तीन घन्टा लाग्ने गरेको केरौँजा–५ रुन्चेतका धनप्रसाद गुरुङले बताए । केरौँजामा प्रतिकिलो नुनको मूल्य रु ४५ पर्छ भने सोना मन्सुली चामलको मूल्य प्रतिबोरा दुई हजार ५०० पर्छ । “एक महिनादेखि खाद्य सामग्री ढुवानी ठप्प छ । गाउँका पसल रित्तिएका छन्,” गुरुङले भने । नुन किन्न बजार झर्न सक्ने अवस्था छैन । पुनःर्निर्माणका लागि अनुदान रकमको पहिलो किस्ता लिन आरुघाट बजारस्थित बैंकमा जानसक्ने अवस्था नरहेको भन्दै उनले दुर्गम भेगका लागि गाउँमै अनुदान बाँड्ने व्यवस्था सरकारले मिलाउनुपर्ने माग गरे । खच्चड व्यवसायी सङ्घका अध्यक्ष धनकुमार गुरुङले ढुङ्गा खसेर खच्चड घाइते हुनथालेपछि स्थानीय प्रशासनको आग्रहमा बर्खाका लागि खच्चड सञ्चालनमा रोक लगाउनुपरेको बताए । भूकम्पले भत्काएका बाटो मर्मत नभएको र यस बर्खाले झन् बिगारेको भन्दै बाटो निर्माण गर्न सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए । मनास्लु पदमार्गको सोतिबजारदेखि सामागाउँ र चुम्चेतको सर्दीखोलामा बिग्रेको बाटो मर्मत गर्न लाखौँ रकम आवश्यक पर्ने गुरुङको भनाइ छ । बाटो सहज भएर खच्चडले नियमित खाद्यान्नलगायत सामग्रीको ढुवानी नगर्दासम्म उत्तरी भेगमा उपभोग्य सामग्रीको मूल्य नघट्ने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies