Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै ओलीले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?

काठमाडौं, ९ साउन । आइतबारको संसद बैठकमा राजीनामाको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली सरासर माओवादी अध्यक्ष प्रचण्ड बसेको स्थानमा पुगे र हात अगाडि लम्काए । प्रचण्डले पनि आफ्नो आसनबाट उठेर हात अघि सारे । ओली र प्रचण्डले कसिलो हात मिलाए । उठी उठी दुबैले छोटो कुराकानी गरे । आखिर के भने होलान् उनीहरुले एकअर्कालाई ? सबैको चासो बन्यो ।

\"kp-OLI-And-Prachand\"प्रचण्ड ओली पदमुक्त भएपछि नेपालको ३९ औं प्रधानमन्त्री बन्ने दाउँमा छन् । माओवादीले नै कांग्रेस लगायत दलसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएर ओलीलाई राजीनामा दिन बाध्य बनाएका थिए । प्रचण्ड तिनै नेता हुन् जसले सोही संसद भवनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । माओवादीकै साथ लिएर ओली एमाले अध्यक्ष ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको प्रधानमन्त्रीत्वकालमा माओवादी पनि सत्ता साझेदार बन्यो । तर, यो सत्ता साझेदारी नौ महिनासम्म मात्रै टिक्यो ।

राजनीति सधैं एकनासको हुँदैन भनेजस्तै प्रचण्ड–ओलीको ‘प्रेम’ धेरै दिन टिकेन । जसका कारण प्रचण्डकै अविश्वास प्रस्तावमा ओलीले प्रधानमन्त्री पद त्याग्न बाध्य भए । संसद बैठकमा अविश्वासको प्रस्तावमा छलफल गर्ने क्रममा ओली र प्रचण्ड दुबैले एकअर्कालाई तिखा व्यंग्यवाण प्रहार गरे । आखिर विश्वास गुमाइसकेपछि पद त्याग्नु त छँदैथियो । ओलीले आइतबार कुर्सी मोह नभएको दाबी गर्दै पद त्यागे र सबैभन्दा सुरुमा प्रचण्डसँग हात मिलाउन पुगे ।

आखिर यो हात मिलाउने क्रममा यी दुई राजनीतिक खेलाडी बीच के कुराकानी भयो होला चासोको विषय बन्नु स्वाभाविक थियो । प्रचण्डसँग ओली हात मिलाउन आएपछि कांग्रेस, मधेसी मोर्चा लगायत, जसले ओलीलाई पद छाड्न दबाव दिइरहेका थिए, ति दलका नेताहरुले ओलीसँग हात मिलाउन आइपुगे । ओलीले भ्याएसम्म सबैसँग हात मिलाउँदै बैठक कक्षको अघिल्लो ढोकाबाट बाहिरिए ।

स्रोतका अनुसार ओलीले प्रचण्डलाई नयाँ सरकारको प्रधानमन्त्री बन्न लागेको भन्द्र अग्रिम बधाइ दिएका थिए । जवाफमा प्रचण्डले मुन्टोमात्रै हल्लाए र ओलीलाई भने, ‘तपाईंले राजनेताको परिचय दिनुभयो ।’

प्रचण्डले भविष्यमा पनि एमालेसँग सहकार्य जारी राख्ने प्रस्तावसमेत गरेका थिए । प्रचण्डले अविश्वास प्रस्तावमाथिको पहिलो दिनको छलफलमै नयाँ गठबन्धन बने पनि सहमतिको राजनीति कायमै रहेको भन्दै एमालेलाई पनि सँगै लिएर हिँड्ने बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘प्रचण्ड जीले तपाईं ठूलो राजनेताको परिचय दिनुभयो भनेर प्रधानमन्त्री ज्यूको सम्बोधनको प्रशंसा गर्नुभयो र भविष्यमा पनि सहकार्य जारी रहोस् भन्नुभयो ।’

ओली र प्रचण्डबीच छोटो कुराकानी भएपछि ओली नेतृत्वको सरकारमा रहेका माओवादीका तत्कालीन मन्त्रीहरु गिरिराजमणि पोख्रेल, टोपबहादुर रायमाझी, रेखा शर्मा लगायतले सामुहिक फोटो पनि खिचाएका थिए । सो क्रममा नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा प्रभाकर लगायतका माओवादी नेताहरु पनि थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: