Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

प्रजातन्त्र र संसदीय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र निर्माणमा जुटौँ- सभापति देउवा

\"deuwa\"काठमाडाैं ९ साउन । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र संसदीय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा एकजुट भएर अघि बढ्नु अहिलेको समयको माग भएको बताएका  छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहित अन्य दलखका २४१ जना संसद् सदस्यका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत शुक्रबार टेबल गर्नुभएको अविश्वासको प्रस्तावमाथिको आजको दोस्रो बैठकको छलफलमा भाग लिँदै यस्ताे बताएका हुन् ।

राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति राष्ट्रको हितमा हुनुपर्नेमा जोड दिँदै उनले दातृ संस्था र जनताको करबाट सङ्कलित राज्यकोषको उपयोग राष्ट्र निर्माणमा लगाउने पद्धतिको विकास गर्नुपर्ने बताए ।

उहाँले स्वतन्त्र न्यायपालिकाको मर्यादालाई कायम गर्नुपर्ने तथा त्यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने र जोसुकै सरकारमा गए पनि त्यसलाई कसैले बिर्सन नहुने बताए ।

उनले अन्तर्राष्ट्रिय समझदारीलाई उच्च महत्व दिँदै भावी सरकारले काम गर्ने, भूकम्पपीडितलाई मानवीय संवेदनाका आधारमा सहयोग गर्ने, संविधान कार्यान्वयनमा पनि इमान्दारीपूर्वक लाग्ने, मुलुकको आधा जनशक्ति ओगटेका तराई–मधेसका जनताका समस्या पनि समाधान गर्ने, वार्ताका माध्यमबाट सहमतिमा पुग्ने तथा संविधान संशोधन गर्नुपर्ने भए त्यो पनि गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रजातान्त्रिक पद्धतिमा शान्तिपूर्णरुपमा सरकार परिवर्तन हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्ने विचार व्यक्त गर्दै उनले राज्य सञ्चालनका सबै निकायलाई निष्पक्ष, स्वतन्त्र एवम् पारदर्शीरुपमा राज्य र जनताप्रति जिम्मेवार तुल्याउन अब बन्ने सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending