Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बस्तीमा खाेला पस्दा मोरङमा तीन सय परिवार विस्थापित

\"morang_district\"विराटनगर, ९ साउन । एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तुलनात्मक रूपमा सबैभन्दा बढी वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ । चौपाया र मानवीय क्षति नभए पनि हजारौँ हेक्टरमा रोपिएको धानबाली डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार, विराटनगर–१६ स्थित बकरी टोलामा पानी पस्दा ५० परिवार विस्थापित भएका छन् भने पानीको चाप बढ्दै गएपछि विस्थापितका सङ्ख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको छ । यसैबीच, रेडक्रस मोरङले बकरीका विस्थापित २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सो ठाउँबाट गएराति थप परिवार पनि विस्थापित भएको र उनीहरू नजिकको विद्यालय र सडकमा आश्रय लिएका छन् । कटहरीमा पनि दर्जनौँ घर डुबानमा परेका छन् । यसका साथै बक्राहा खोलाको पानी पस्दा गोविन्दपुर–८का ५० परिवार विस्थापित भएका छन् । उनीहरूलाई प्रहरीको टोलीले उद्धार गरी सामुदायिक भवनमा राखिएको छ । सिजुवामा २३ परिवार विस्थापित भएको र उनीहरूलाई रेडक्रसबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको रेडक्रसका अधिकृत कमल कोइरालाले जानकारी दिए । यसका साथै बबियाबिर्तामा ३५ परिवार, हसन्दहको जयनगर र सुगाबजारका २०० परिवार विस्थापित भएका छन् । नुनसरी खोलाको पानी मधुमल्ला ४ र ६ वडामा पस्दा ५० परिवार विस्थापित भएका छन् । टापूका रूपमा परिणत भएका ती वडामा उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सोराभाग–९का २५ परिवार विस्थापित भएको र तीमध्येका १२ परिवारको घर पूर्णरूपले क्षति भएको छ । यसका साथै, विराटनगर–डाइनिया सडकखण्डको थाननजिक कल्भर्टको छेउमा कटान हुँदा सो मार्ग बिहानदेखि अवरुद्ध भएको छ । ती ठाउँमा प्रहरीको टोली पुगेर मर्मत सम्भारको काम सुरु गरेको बताइएको छ । समग्रमा गएरातिको वर्षाका कारण मोरङ भएर बग्ने नदीको जलस्तरमा व्यापक रूपमा वृद्धि भएपछि कतिपय ठाउँमा बाँध भत्काएर मानवबस्तीमा पानी पसेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE