Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

झापामा बाढीका कारण १२५ घरपरिवार डुबानमा

\"dubanभद्रपुर, ९ साउन । अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन् । जोखिममा परेका ती घरपरिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहानैदेखि उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको वडा नं ५ का बस्ती डुबानमा परेपछि उद्धार कार्य भइरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । अविरल वर्षाका कारण बिर्तामोडको अदुवा खोलामा आएको बाढीले अधिकांश भूभाग डुबानमा परेको, बिर्ताबजारको मूल सडकमा पानीको बहाव बढ्न गई सवारी अवागमन बन्द भएको, गरामनी पनि डुबानमा परेको, देउनीय खोलाको मासतिर हर्चाना पुल खतरामा परी बिर्तामोड र भद्रपुर ओहोरदोहोर गर्ने सवारी साधन बन्द भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । झापाका कनकाई, विरिङ, हडिया, कमल र मेचीजस्ता ठूला नदीमा पानीको सतह बढ्दै गई धेरै मानव बस्ती डुबानमा पर्न सक्ने खतरा बढेको प्रहरीको भनाइ छ । यसैगरी, चारआलीदेखि चन्द्रगढीसम्मको चारआली सडकखण्डको धनुष मोड, बिपी चोक र सदरमुकामस्थित सडक वर्षाको पानी जम्न गई सवारी आवागमनमा बाधा पुगेको छ । वर्षाका कारण नदीमा आएको बाढीले मानवीय तथा भौतिक क्षति नभएको सूचना आएको तर खत्तरामुक्त अवस्था नरहेको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । वर्षाका कारण सदरमुकामस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय, कृषि विकास बैंक, राष्ट्रिय समाचार समितिको कार्यालयको प्राङ्गणमा पानी जमेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending